तारकेश्वरमा फेरि उदायो एमाले
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ४ मा आज नेकपा एमालेको कार्यालय उद्घाटन गरिएको छ ।
शहरी विकास राज्यमन्त्रीसमेत रहेका एमालेका नेता रामबीर मानन्धरले एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरेका हुन् । सर्वोच्च अदालतले फाल्गुण २३ गते नेकपा विभाजन गराएर एमाले र माओवादीलाई अलग अलग पारेपछि एमालेले देशैभर आफ्नो संगठन विस्तारसँगै कार्यालय सञ्चालन गर्दै आएको छ । यो नगरपालिकामा सबैभन्दा पहिले यो वडा समिति कार्यालय स्थापना गरिएको वडा कमिटी अध्यक्ष हरीप्रसाद अधिकारीले जनाएका छन् । अध्यक्ष अधिकारीले कार्यालय उद्घाटन गरेपछि पार्टीको गतिविधि गर्न थप सजिलो भएको स्पष्ट पारेका छन् ।
‘पार्टी नयाँ रुपमा आएपछि त्यसै अनुसारको गतिविधि गर्नुपर्ने भएको छ त्यही अभियान अन्तर्गत पार्टी कार्यालय स्थापना गरेका हौं’ अध्यक्ष अधिकारीले भने ‘एमालेको संगठन देशैभर राम्रो छ त्यसलाई जोगाएर राख्न सकेमात्र पार्टीले आगामी दिनमा राजनीतिमा नयाँ फड्को मार्ने छ ।’ वडा कमिटी कार्यालयको उद्घाटन गर्दै नेता मानन्धरले पार्टीले जनताको पक्षमा काम गर्दै गएको बताए । स्थानीय क्षेत्रका प्रतिनिधिसभाका सांसदसमेत रहेका मानन्धरले एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका खेल भए पनि त्यसले कुनै असर नपार्ने पनि स्पष्ट पारेका छन् ।
नेता मानन्धरले आफ्नो क्षेत्रमा विकास निर्माणको गति तिव्र भएको पनि उल्लेख गरेका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





