तारकेश्वरमा फेरि उदायो एमाले

२०७७ चैत्र ७ गते, शनिबार

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ४ मा आज नेकपा एमालेको कार्यालय उद्घाटन गरिएको छ ।
शहरी विकास राज्यमन्त्रीसमेत रहेका एमालेका नेता रामबीर मानन्धरले एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरेका हुन् । सर्वोच्च अदालतले फाल्गुण २३ गते नेकपा विभाजन गराएर एमाले र माओवादीलाई अलग अलग पारेपछि एमालेले देशैभर आफ्नो संगठन विस्तारसँगै कार्यालय सञ्चालन गर्दै आएको छ । यो नगरपालिकामा सबैभन्दा पहिले यो वडा समिति कार्यालय स्थापना गरिएको वडा कमिटी अध्यक्ष हरीप्रसाद अधिकारीले जनाएका छन् । अध्यक्ष अधिकारीले कार्यालय उद्घाटन गरेपछि पार्टीको गतिविधि गर्न थप सजिलो भएको स्पष्ट पारेका छन् ।
‘पार्टी नयाँ रुपमा आएपछि त्यसै अनुसारको गतिविधि गर्नुपर्ने भएको छ त्यही अभियान अन्तर्गत पार्टी कार्यालय स्थापना गरेका हौं’ अध्यक्ष अधिकारीले भने ‘एमालेको संगठन देशैभर राम्रो छ त्यसलाई जोगाएर राख्न सकेमात्र पार्टीले आगामी दिनमा राजनीतिमा नयाँ फड्को मार्ने छ ।’ वडा कमिटी कार्यालयको उद्घाटन गर्दै नेता मानन्धरले पार्टीले जनताको पक्षमा काम गर्दै गएको बताए । स्थानीय क्षेत्रका प्रतिनिधिसभाका सांसदसमेत रहेका मानन्धरले एमालेलाई कमजोर पार्न विभिन्न प्रकारका खेल भए पनि त्यसले कुनै असर नपार्ने पनि स्पष्ट पारेका छन् ।
नेता मानन्धरले आफ्नो क्षेत्रमा विकास निर्माणको गति तिव्र भएको पनि उल्लेख गरेका छन् ।

417 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal