नेचर सुपर मार्केटको पहिलो शाखा काठमाडौंको नरेफाँटमा

२०७७ फाल्गुन २८ गते, शुक्रबार

काठमाडौं । काठमाडौंको नरेफाँटमा नेचर सुपर मार्केट प्रा.लि. को पहिलो शाखा खुलेको छ । शुक्रबार एक कार्यक्रमबीच हास्यकलाकारद्वय दिपाश्री निरौला र जितु नेपालले शाखा शुभारम्भ गरेका हुन् ।
गत कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा नरेफाँटमा शाखा सञ्चालनमा ल्याएको हो । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए ।
‘नरेफाँट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पुर्याउनेछ,’ उनले भने । प्रा.लि. ले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । शाखा शुभारम्भको अवसरमा प्रा.लि.ले ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि १ महिनासम्म जारी रहनेछ ।

418 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal