पाचौ र्याली अफ होप सम्पन्न

२०७७ फाल्गुन १७ गते, सोमबार

काठमाण्डौ । संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले य पाँचौं र्याली अफ होप भब्यताका साथ सम्पन्न गरेको छ ।
कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको ¥याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवादिनका लागि विश्व नेताहरू तथा नागरिक समाजका अगुवाहरु आवहान गरेका छन् । कार्यक्रममा विश्वनेताहरूले वर्तमान समयमा विश्व मानवताले झेलिरहेका चुनौतिहरूलाई सम्बोधन गर्नुका साथै शान्ति स्थापनाका नयाँ अवसरहरूका बारेमा पनि छलफल गरेका थिए ।
कार्यक्रमलाई विश्वका करोडौं दर्शकहरूले दृश्यावलोकन गरेको छ । र्याली अफ होपलाई नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केप भेद्रेका राष्ट्रपति जोर्ज कार्लोस फोन्सेका, गुयनाका प्रधानमन्त्री मार्क फिलिप्स, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका निर्देशक डेभिड ब्यास्ली, लेसोथो राजा लेट्सी तृतीय, साउथ अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लार्क, पूर्वी टिमोरका पूर्वराष्ट्रपति छनाना गुस्माओ, गणतन्त्र भारतका पूर्वउपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, अक्सफोर्ट विश्वविद्यालय अन्तरगत खोपविज्ञानका प्राचार्य साराह गिल्बर्ट लगायतले सम्बोधन गरेका थिए । अद्भूत डिजिटल प्रविधि मार्फत प्रश्तुत भएको दुई घण्टा ३० मिनेटको कार्यक्रममा विश्वप्रसिद्ध कोरियाली बाल कलाकार समूह दी लिट्टिल एञ्जल्सले आफ्नो बेजोड कला प्रश्तुत गरेका थिए ।
कोभिड १९ महामारिले सृजना गरेको प्राबधानका कारण भर्च्युअल रुपमा कार्यक्रम संञ्चालन गरेको कार्यक्रम आयोजक समितिका अध्यक्ष डा। युन योङ्ग होले बताए।उनका अनुसार १९४ मुलुकका बीस लाख दर्शक सहभागिहरू लाई भर्च्युअल टिकेट वितरण गरिएको थियो भने कार्यक्रम लाई अनलाइन तथा अन्य टेलिभिजन,सामाजीक सञ्जाल मार्फत दश करोड भन्दा बढी दर्शकहरूले हेरेका थिए।सम्मेलनमा ‘अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्य मान्यता’ बिषयमा बत्ताहरुले आफ्नो घारणा राखेका थिए।सम्मेलनले मानव हित तथा पृथ्वीको भविष्य उत्तरदायि नेतृत्वको हातमा निर्भर रहेको कुरामा जोड दिएको थियो ।
सम्मेलनका वक्ताहरूले संसारले भोग्नुपरेको अकल्पनीय महामारी र चुनौतिहरूको सामना गर्न तथा विश्व र मानवतालाई आशाको सन्देश प्रवाह गर्नका लागि आपसी सहयोग तथा सहकार्यका लागि अपील गरका छन् । बत्ताहरुले कोभिड १९ का कारण छाएको सुस्ता र निस्कृयताका बिचमा पनि यूनिभर्सल पीस फेडेरेसनले विश्व शान्ति र मानवताका लागि निरन्तर काम गरिरहेको बताए । यूपिएफ कि सहसंसापक, डा। हाक जा हान मुनले आज मानवताले भोग्नु परेको आधारभूत समस्याहरूको जड भनेको स्वार्थी इच्छाहरू र असीमित लोभ भएको भन्ने कुरालाई पटक पटक दोर्याएकी थिइन् ।
मानव संसाधन लाई युद्धमा प्रयोग हुने हातहतियारमा प्रयोग गर्ने चलनको अन्त्य गर्नु पर्ने युगको आगमन भइसकेको बताईन् । विभिन्न १८८ प्रशारण स्टेसनहरू मार्फत संसारभर प्रसारित पहिलो भर्च्युअल र्याली अफ होपलाई विश्वभर बाट करोडौ दर्शकहरूले हेरेका थिए ।

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal