पाचौ र्याली अफ होप सम्पन्न

काठमाण्डौ । संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले य पाँचौं र्याली अफ होप भब्यताका साथ सम्पन्न गरेको छ ।
कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको ¥याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवादिनका लागि विश्व नेताहरू तथा नागरिक समाजका अगुवाहरु आवहान गरेका छन् । कार्यक्रममा विश्वनेताहरूले वर्तमान समयमा विश्व मानवताले झेलिरहेका चुनौतिहरूलाई सम्बोधन गर्नुका साथै शान्ति स्थापनाका नयाँ अवसरहरूका बारेमा पनि छलफल गरेका थिए ।
कार्यक्रमलाई विश्वका करोडौं दर्शकहरूले दृश्यावलोकन गरेको छ । र्याली अफ होपलाई नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केप भेद्रेका राष्ट्रपति जोर्ज कार्लोस फोन्सेका, गुयनाका प्रधानमन्त्री मार्क फिलिप्स, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका निर्देशक डेभिड ब्यास्ली, लेसोथो राजा लेट्सी तृतीय, साउथ अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लार्क, पूर्वी टिमोरका पूर्वराष्ट्रपति छनाना गुस्माओ, गणतन्त्र भारतका पूर्वउपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, अक्सफोर्ट विश्वविद्यालय अन्तरगत खोपविज्ञानका प्राचार्य साराह गिल्बर्ट लगायतले सम्बोधन गरेका थिए । अद्भूत डिजिटल प्रविधि मार्फत प्रश्तुत भएको दुई घण्टा ३० मिनेटको कार्यक्रममा विश्वप्रसिद्ध कोरियाली बाल कलाकार समूह दी लिट्टिल एञ्जल्सले आफ्नो बेजोड कला प्रश्तुत गरेका थिए ।
कोभिड १९ महामारिले सृजना गरेको प्राबधानका कारण भर्च्युअल रुपमा कार्यक्रम संञ्चालन गरेको कार्यक्रम आयोजक समितिका अध्यक्ष डा। युन योङ्ग होले बताए।उनका अनुसार १९४ मुलुकका बीस लाख दर्शक सहभागिहरू लाई भर्च्युअल टिकेट वितरण गरिएको थियो भने कार्यक्रम लाई अनलाइन तथा अन्य टेलिभिजन,सामाजीक सञ्जाल मार्फत दश करोड भन्दा बढी दर्शकहरूले हेरेका थिए।सम्मेलनमा ‘अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्य मान्यता’ बिषयमा बत्ताहरुले आफ्नो घारणा राखेका थिए।सम्मेलनले मानव हित तथा पृथ्वीको भविष्य उत्तरदायि नेतृत्वको हातमा निर्भर रहेको कुरामा जोड दिएको थियो ।
सम्मेलनका वक्ताहरूले संसारले भोग्नुपरेको अकल्पनीय महामारी र चुनौतिहरूको सामना गर्न तथा विश्व र मानवतालाई आशाको सन्देश प्रवाह गर्नका लागि आपसी सहयोग तथा सहकार्यका लागि अपील गरका छन् । बत्ताहरुले कोभिड १९ का कारण छाएको सुस्ता र निस्कृयताका बिचमा पनि यूनिभर्सल पीस फेडेरेसनले विश्व शान्ति र मानवताका लागि निरन्तर काम गरिरहेको बताए । यूपिएफ कि सहसंसापक, डा। हाक जा हान मुनले आज मानवताले भोग्नु परेको आधारभूत समस्याहरूको जड भनेको स्वार्थी इच्छाहरू र असीमित लोभ भएको भन्ने कुरालाई पटक पटक दोर्याएकी थिइन् ।
मानव संसाधन लाई युद्धमा प्रयोग हुने हातहतियारमा प्रयोग गर्ने चलनको अन्त्य गर्नु पर्ने युगको आगमन भइसकेको बताईन् । विभिन्न १८८ प्रशारण स्टेसनहरू मार्फत संसारभर प्रसारित पहिलो भर्च्युअल र्याली अफ होपलाई विश्वभर बाट करोडौ दर्शकहरूले हेरेका थिए ।
ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवार
नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
२०८१ चैत्र ३ गते, आईतवार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार