पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
काठमाडौंमा शुक्रबार भएको अधिवेशनले महासचिव बालकृष्ण अधिकारीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सरोज कोइरालाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । मुलुक प्रादेशिक संरचनामा गएसँगै महासंघले पनि तीन वर्षअघि प्रादेशिक समितिहरु गठन गरेको थियो ।
अधिवेशनलाई महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, टिकाराम प्रधान, महासंघ एसोसिएट प्रदेश समिति अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष शेखर अधिकारी, उपाध्यक्षद्वय बोमलाल गिरी, कालिका शिवाकोटीलगायतले सम्बोधन गर्नुभएको थियो । अधिवेशनले १४ बुँदे प्रस्ताव पारित गरेको छ ।
अधिवेशनले कोरोना महामारीलाई बहाना बनाएर कतिपय सञ्चार माध्यममा सञ्चारकर्मीलाई अनावश्यक दुःख दिने, काम छाड्न बाध्य बनाउने र समयमा तलबसुविधा नदिने कार्यतुरुन्त बन्द सरोकार पक्षलाई आह्वान गरेको छ ।
पत्रकारले न्यूनतम पारिश्रमिक नपाएको बहानामा सूचना विभागले दिन प्रेस पास बन्द गरेकोमा आपत्ति जनाएको छ । ‘त्यसलाई सहज बनाएर सञ्चार गृहले पाउने सेवासुविधा रोक्न सरकारसँग माग गर्दछ,’ विशेष प्रस्तावमा भनिएको छ ।
प्रतिष्ठान प्रदेश अन्र्तगतका पत्रकार महासंघका सबै सदस्यहरूको अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था मिलाउन तथा गम्भीर र जटिल रोगको उपचारका लागि केन्द्रीय समितिसँग आवश्यक पहल लिने प्रस्ताव पनि पारित भएको छ ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





