व्यवसायीहरुलाई बदनाम गराउने समाचारप्रति व्यवसायीको आपत्ती
काठमाडौं । मोबाइल व्यवसायी संघ (ताम्राकार कम्प्लेक्स)ले कम्प्लेक्समा संचालित मोवाइल व्यवसायीहरुको पसलबाट अवैध कार्य गरेको भन्दै प्रहरीले सामाग्रीहरु उठाएर लगेको घटनाप्रति आपत्ति जनाएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघले व्यवसायीलाई बदनाम पार्ने नियतले उठाएर लगिएको र लगाइएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएका हो ।
मोवाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले ताम्राकार कम्प्लेक्समा संचालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा प्रवेश गरेर सामाग्रीहरु उठाएर लगेको आरोप लगाए । उनले भने ‘पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरेर थुन्ने काम गरिएको छ । मर्यादित रुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित नभए सम्पूर्ण व्यवसाय बन्द गरेर कडा आन्दोलनमा जान वाध्य हुनेछौं ।’ उनले घटनालाई तोडमोड गरी व्यवसायीहरुलाई बदनाम गरेर विभिन्न संचार माध्यमहरुमा प्रकाशित तथा प्रसारण भैरहेका समाचारप्रति आपत्ती जनाए ।
साउदले प्रहरीले पसलबाट ग्राहकहरुको मर्मतका लागि ल्याएर छाडेका मोवाइल फोनसमेत लगेको हुनाले ग्राहकलाई फिर्ता गर्न कठिन भएको जानकारी दिए । ग्राहकहरुको मोवाइलमा भएको डाटा र व्यक्तिगत जानकारी चोरी हुनसक्ने भएको भन्दै त्यसको जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्ने बताए । सार्वजनिकरुपमा व्यवसाय पारदर्शिता र मर्यादितरुपमा गरिरहेको समयमा प्रहरीले कुन कानुन अन्तर्गत सामानहरु जफत गरेको र उठाएको स्पष्ट कारण पनि नदिएकोमा उनले असन्तुष्टि पोखे ।
वाणिज्य विभाग वा राजश्व विभागले मात्र अनुगमन गर्न पाउनृ स्पष्ट व्यवस्था रहेको भन्दै अध्यक्ष साउदले प्रहरीले ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुलाई तर्साउने कार्य निन्दनिय भएको आरोप लगाए । उनले यथाशिघ्र रुपमा जनसेवा प्रहरीले पसलबाट लगेका मोबाइल सेटहरु फिर्ता गरी क्षतिपुर्तिसमेत दिन आग्रह गरेका छन् ।
संघले ग्राहकले मर्मतको लागि पसलमा ल्याएर छाडेको मोबाइल फोन सेटहरु प्रहरीले लगेको जानकारी दियो ।
ताजा
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
२०८३ श्रावण १८ गते, सोमबार
गीति एल्बम ‘जागृति’ लोकार्पण
२०८३ श्रावण १८ गते, सोमबार
सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





