काठमाडौँमा फेरि भेटियो बर्डफ्लु
२०७७ फाल्गुन १४ गते, शुक्रबार
काठमाडौँ । काठमाडौँमा फेरि बर्डफ्लु भेटिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा फेरि बर्डफ्लु भेटिएको हो । बर्डफ्लु भेटिएपछि १२ हजार बढी कुखुरा नष्ट गरिएको छ । गएको माघमा पनि तारकेश्वरमा बर्डफ्लु भेटिएको थियो । त्यसयता कुखुरा नष्ट गर्न बाहेक अरु काम नगर्दा फेरि बर्डफ्लु भेटिएको पाइएको छ । काठमाडौँपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा केही स्थानीय जातका कुखुरामा पनि बर्डफ्लु भेटिएको थियो ।
156 Views