कांग्रेस नेता नवीन्द्रराज जोशीलाई ब्रेनह्यामरेज, अप्रेसन हुँदै
२०७७ फाल्गुन १४ गते, शुक्रबार
काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीलाई ब्रेनह्यामरेज भएको छ । गएराति १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएकोमा शुक्रबार बिहान उनलाई त्यहाँबाट नर्भिक अस्पताल पुर्याइएको थियो ।
वीर अस्पतालमा डा.भुपेन्द्र बस्नेतको टोलीले माइनर अप्रेसन गरेपछि शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल लगिएको थियो । नर्भिक अस्पतालमा उनको अहिले मेजर अप्रेसन हुँदछ ।
172 Views