वडा अध्यक्षलाई नै ज्यान मार्ने धम्की

२०७७ फाल्गुन १३ गते, बिहीबार

काठमाडौं । बैतडी जिल्ला सुनर्या गाउँपालिका वडा न. १ का पदमराम टेलरले सोही वडाका वडा अध्यक्ष गजेन्द्रबहादुर चन्दले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको मोटरसाईकलमा आगो लगाउन र कुटपिट गर्न दिएको आदेश नमान्दा उल्टै आफूलाई ज्यानमार्ने धम्कीदिएको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलन गर्दै पीडित टेलरले वडाअध्यक्ष चन्दले आफूलाई ज्यानमार्ने धम्की दिएको सुनाएका हुन् । र, उनले शान्ति, सुरक्षाको समेत माग गरेका छन् । टेलरले बैतडी जिल्ला सुनर्या गाउँपालिका वडा न. १ का वडा अध्यक्ष गजेन्द्र बहादुर चन्दले आफुलाई ज्यान मार्ने धम्की र अपमानजन्य ब्यवहार गरेको सुनाए ।
उनले २०७६ सालमा भएको उपनिर्वाचनमा आफु नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा उमेद्वारी दिएको भएपनि जिल्ला कार्य समितिको सल्लाहमा चुनावमा गजेन्द्र चन्दलाई सहयोग गर्ने र अर्को चुनावमा आफुलाई दिने आश्वासन र सहमति भएको बताए । सहमति भएपछि निर्वाचन प्रचार प्रसारका लागि दास ढोली संयोजक र उनलाई उप–संयोजकमा जिम्मोवारी लिएर निर्वाचनमा गएको टेलरले स्मरण गराए ।
‘वडा अध्यक्षका उमेद्वार चन्द्रले ने.क.पा. का कार्यकर्ताको मोटरसाइकलमा आगो लगाउन र ने.क.पा. का प्रतिनिधी दशरथ बहादर चन्दलाई कुटपिट गर्न आदेश दिएका थिए ।‘ उनले भने, उनको त्यही आदेश नमानेकोले नै सोही दिनदेखि मसँग व्यक्तिगत रिसीबी राखेर मेरो नाममा मुद्दा दिने, गालीगलौज, सार्वजनिक स्थानमा जातिय भेदभाव र अपमान गर्दै आइरहेका छन् ।
कुटपिट, गाली÷गलौज बेईज्जीतगरेको आरोपमा उल्टै चन्दले नै २०७६ सालपुस २१ गते आफूमाथि मुद्दा दर्ता गराएको उनले सुनाए । उनले भने, ‘त्यो मुद्दाको फैसला फागुन ४ गते भयो तर उनीहरुले झुटा गरेको कारण उनीहरुकै पक्षमा भयो ।’
वडाअध्यक्ष चन्दले आफ्ना दाई रमेश दासलाई पनि राजनीतिक आस्थाको आधारमा भेदभाव गरेको गुनासो पोखे । उनले १ लाख रुपैयाँ गजेन्द्र चन्दबाट ग्लोबल आईएमी बैकमार्फत सापटी लिएका थिए । बैंकमा रकम हाल्ने व्यक्ति चन्दका सालो हुन,् उनले भने । टेलरले पछि नेपाल इन्भेष्टमेन्ट बैकमार्फत १ लाख रुपैयाँ फिर्ता गरेको बताए । पैसा फिर्ता गरेपछि उनले पैसा पठाएको जानकारी दिन खोज्दा विभिन्न किसिमका गालीगलौज तथा ज्यान ‘तिमीलाई काटी दिन्छु’ भनेरमार्ने धम्की िदएको सुनाए ।

305 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal