इजरायली कृषि प्रविधि सातै प्रदेशमाः कृषि मन्त्री अर्याल

२०७७ फाल्गुन १३ गते, बिहीबार

लमजुङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभएको छ ।
नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्राउने सन्दर्भमा बिहिवार (आज) इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातै प्रदेशमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभयो । कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो । इजरायली कृषि प्रविधिलाई नेपाल भित्राउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अब कृषिमा यन्त्रीकरण भएन भने हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सक्दैनौं, त्यसैले हामीले सातै प्रदेशमा किसानलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्न लागेका छौं ।’
लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २, बगालेगाउँ, गाउँशहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रुपमा सुरु गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाई संचालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र ३ सय ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्य लिएको यो तालिम केन्द्रमा पनि इजरायली प्रविधि भित्राइने भएको छ ।
त्यस अवसरमा इजरायलका राजदूत खनान गोडेरले ७० बर्षअघिसम्म खाद्यान्न अभाब हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अबस्थामा पुगेको जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उहाँले आधृनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको उहाँले बताउनुभयो ।
कृषि मन्त्री अर्याल, इजरायली राजूदत गोडेर, कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मा लगायतले बिहीबारै लमजुङको दुराडाँडास्थित ‘आरभा कृषि फार्म’को पनि निरिक्षण गर्नुभएको थियो । इजरायलबाट ब्यावसायिक तालिम लिएर फर्किएका प्रशिक्षार्थीहरुले खोेलेको उक्त अत्याधुनिक कृषि फार्ममा २ सय ५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

348 Views

ताजा

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

२०८० चैत्र २३ गते, शुक्रबार

मादकपदार्थको नशामा शैक्षिक सुदृढीकरणको रन्को

२०८० चैत्र २३ गते, शुक्रबार

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

२०८० चैत्र २३ गते, शुक्रबार

गीतकार तारा अधिकारीको ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

२०८० चैत्र २३ गते, शुक्रबार

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

२०८० चैत्र २३ गते, शुक्रबार

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२०८० चैत्र २२ गते, बिहीबार

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

२०८० चैत्र २२ गते, बिहीबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal