यो नेपाली जनताको जित होः प्रचण्ड

२०७७ फाल्गुन ११ गते, मंगलवार

काठमाडौँ । नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले यसअघिको सार्वजनिक रुपमा गरिएका प्रतिवद्धता अनुरुप नै आफू अघि बढ्ने बताएका छन् । प्रतिनिधि सभा पुर्नस्थापानपछि उनले खुसी व्यक्त गर्दै आम जनतामाझ गरिएको प्रतिवद्धता अनुरुप नै आफूहरु अघि बढ्ने बताएका हुन । लामो सघर्षपछि आएको संविधान र अन्य उपलब्धीलाई रक्षा गर्दै आफूहरु अघिबढने पनि उनले बताए । त्यसमा सबैको साथ आवश्यक रहेको पनि उनले बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि खालको सहमति नहुने पनि प्रष्ट पारेका छन् । उनले प्रधानमन्त्रीले चालेको यो कदम असंवैधानिक भएपछि आत्मआलोचनासहित राजीनामा दिएर संसदीय प्रक्रिया अघि बढाउन मार्गप्रस्तत गर्नुपर्ने समेत बताए । सबैको मेहनतले संविधान र संसद् बचेको भन्दै मुलत संविधानको भावना र मर्मअनुसारको फैसला आएकोमा खुसी व्यक्त गरेका छन् ।
सर्वोच्च अदालतले संविधानको भावना र अक्षरलाई सम्मान गर्ने ढंगले फैसला गरेको भन्दै उनले त्यस प्रकारको खुसी प्रकट गर्दै अदालतको नेतृत्व सबै टोलीलाई बधाई दिँदै संविधान बचाउँदै जनताको पक्षमा फैसला गर्ने काम भएको बताएको उनको सचिवालयले जनाएको छ ।‘यो नेपाली जनता, लोकतन्त्र र संविधानवादको जित हो,’ उनले भनेका छन्,‘प्रतिनिधि सभा विघटन एक व्यक्तिको लहडमा थियो । असंवैधानिक र अलोकतान्त्रिक नै थियो । त्यसविरूद्ध आन्दोलनमा लागेका सबैप्रति आभार व्यक्त गर्दछु ।’

412 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal