पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
बालविवाह र बहुविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पुरोहितहरुका लागि यहाँ आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उहाँहरुले बेहुला र बेहुलीको उमेर २० वर्ष नाघेको छ वा छैन अथवा पहिलो विवाह हो वा दोस्रो वा तेस्रो, त्यो सोधपुछ गरेर मात्र विवाहको काम गर्न सहमत भएको बताए ।
“बालविवाह र बहुविवाह न्यूनीकरणका लागि पुरोहितहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाउन उहाँहरुलाई आग्रह गरिएको छ”, पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले भने, “पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पुरोहितहरूलाई पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन आग्रह गरिएको छ ।”
कानूनले २० वर्ष उमेर नपुगेको विवाहलाई बदर गरेको छ । बालविवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसैगरी बहुविवाह गर्ने वा गराउनेलाई एक देखि पाँच वर्षसम्म कैद र रु १० देखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ । बालविवाहपछि भविष्यमा थुप्रै खालका घरेलु तथा लैङ्गिक हिंसाहरु बढ्दै गएका छन् । पुरोहितहरुले विवाह गराउँदै गर्दा २० वर्ष पार गरेको छ कि छैन निक्र्यौल गर्ने र यदि नपुगेको भए उनीहरुलाई विवाह बन्धनमा नवाधिन सल्लाह दिनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । कानूनले बर्जित गरेका कुराहरुलाई समाजका प्रतिष्ठित र बौद्धिक व्यक्तिको रुपमा रहेका पुरोहितहरुले निस्तेज गर्नुपर्ने बताउँदै उनले त्यस्तो विवाह गर्दै गरेको जानकारी पाएमा प्रहरीलाई सूचना दिन समेत सबैमा आग्रह गरे ।
“रीतिअनुसार पुरोहितले विधी पु¥याएमा मात्र विवाह हुने हो, यसक्रममा धेरैजसो बालविवाह पुरोहितले विधी पु¥याउँछन्”, उनले भने, “तिनै पुरोहितहरुलाई एक ठाउँमा भेला गराएर बालविवाहका विविध विषयमा प्रशिक्षण दिएमा न्यूनीकरणमा केही सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”
बालविवाह सम्बन्धी कानूनी व्यवस्थाको बारेमा पुरोहितलाई सचेत गराउने, बालविवाह अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउने उद्देश्यका साथ प्रशिक्षण दिइएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। बालविवाह हो भन्ने थाहा पाएपछि त्यसलाई रोक्न पहल गर्ने, बालविवाह र बहुविवाह सामाजिक कुरीतिविरुद्ध चेतना अभिवृद्धि गर्न र यस्तो गरेमा परिवार र व्यक्तिलाई हुने नाकारात्मक परिणामको जानकारी दिन पनि पुरोहितहरुलाई उहाँले आग्रह गरे ।
विश्व हिन्दु महासङ्घ पर्वतका सभापति लोकनाथ आचार्यले कतिपय बाध्यात्मक अवस्थामा पुरोहितहरुले काम गर्नुपर्ने भएकाले विवाह रोक्नु ठूलो जोखिम हुने बताए । उनले सहज परिस्थितिमा बाहेक सबै ठाउँमा सम्भव हुन नसक्ने बताए ।
सो अवसरमा बालविवाह र बहुविवाहको कानूनी अवस्थाका बारेमा प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी गराए। (रासस)
ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने
२०८१ माघ २८ गते, सोमबार
फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने
२०८१ माघ २८ गते, सोमबार
बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप
२०८१ माघ २७ गते, आईतवार
मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव
२०८१ माघ २७ गते, आईतवार
प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत
२०८१ माघ २७ गते, आईतवार
नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार
२०८१ माघ २७ गते, आईतवार
ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने
२०८१ माघ २७ गते, आईतवार
जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’
२०८१ माघ २७ गते, आईतवार
इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड
२०८१ माघ २७ गते, आईतवार
उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ
२०८१ माघ २७ गते, आईतवार
अब रारामा पर्यटक प्रहरी
२०८१ माघ २७ गते, आईतवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार