विश्वकै हट हजुरआमा !

२०७७ फाल्गुन १० गते, सोमबार

एजेन्सी । गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल विश्वकै हट हजुरआमाको रुपमा चिनिन्छिन् । उनलाई देखेर उनी ५० वर्षकी हुन् भन्ने विश्वास लाग्दैन । पछिल्लो पोस्टमा त उनी स्कुले केटीजस्तै देखिएकी छिन् । मिनिस्कर्टमा उनको यो फोटोमा फ्यानहरुको लाइकको ओइरो लाग्यो ।
गिनाले डेलीस्टारसँग कुरा गर्दै आफ्नो यो लुकका केही रहस्य खोलेकी छिन् । उनले शारीरिक अभ्यास र स्वस्थ खानाजत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हुने बताएकी छिन् । उनले भनिन् ‘म यसमा मस्तिस्कको शक्ति पनि उत्तिकै हुन्छ भन्ने विश्वास गर्छु । दिमागमा शान्ति कायम गर्नु, कुन कुराले मलाई तनाव दिन्छ भन्ने कुराको पहिचान गर्नु र त्यो तनाव सकेसम्म कम गर्दा पनि स्वस्थ र सुन्दर रहन सकिन्छ ।’
उनले अगाडि भनिन् ‘म अत्याधिक उत्साहित वा तनावमा भएँ भने मैले आफैंभित्र शान्तिपूर्ण वातावरण सृजना गर्छु । म सकारात्मक सोचको शक्तिमा विश्वास गर्छु र नकारात्मकतालाई घटाउने वा हटाउनेतर्फ ध्यान दिन्छु ।’ आफूलाई जवान राखिराख्न यी हजुरआमा नियमित पैदल हिँड्छिन्, पर्याप्त पानी पिउँछिन् र स्वस्थकर खाना खान्छिन् । उनले भनिन् ‘म समुद्र किनारमा बस्छु र समुद्रछेउमा नाङ्गो खुट्टाले हिँड्छु । दिनमा १० हजार पाइला पर्याप्त हुन्छ ।’

323 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal