९७ जना संक्रमित थपिए, थप तीनको मृत्यु
२०७७ फाल्गुन ७ गते, शुक्रबार
काठमाडौं । नेपालमा शुक्रबार थप ९७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म दुई हजार ६१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ११४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६९ हजार ६१९ जनाले कोरोना जितेका छन् ।
हाल नेपालमा १५ सय ८३ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ वटा पिसिआर परिक्षण गरिएको छ ।
126 Views