तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस्ः नेम्वाङ

२०७७ फाल्गुन ७ गते, शुक्रबार

इलाम । नेकपा ओली समूहका नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताएका हुन् ।
नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको बताए । ुप्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गरेका हुन् । उनले भने, ुसर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो । त्यसैले चुनावी कार्यक्रममा जुट्नु पर्छ ।
नेता नेम्वाङले नेकपामा को आधिकारिक भन्‍ने विवाद छैन, आयोगले केपी ओली प्रथम अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक भनिसकेको दाबी गर्दै भने, कोही व्यक्ति एक महीना तीन दिन अध्यक्ष भए तर आयोगले आधिकारिकता दिएन ।
उनले आफू सर्वोच्च अदालतको निर्णयप्रति विश्वास राख्ने भएकाले त्यसबारे नबोल्ने बताए । संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी नेता नेम्वाङको थियो । सरकारले अघि सारेका नीति तथा कार्यक्रम संसद्‌मा दर्ता नै नहुने स्थिति आएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको बाटो रोजेको बताए । रासस

262 Views

ताजा

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal