प्रधानमन्त्रीज्यू उत्साहित भएर बाकस–बाकस भन्न थाल्नुभएको छः गगन थापा

२०७७ फाल्गुन ३ गते, सोमबार

चितवन । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई जनताले केबल हास्य कलाकारका रूपमा मात्र सुन्न चाहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस चितवनद्वारा भरतपुरमा आयोजित सभालाई सोमवार सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको सभामा मान्छेहरू भाषण सुनेर हाँस्नका लागि मात्र आएको बताए ।
प्रधानमन्त्री सभा गर्दै हिँड्नुभएको छ । प्रधानमन्त्रीको समर्थनमा पक्कै पनि जनता छन् । कोही बोकेर आएका छन्, कोही बोकाइएर आएका छन् । प्रधानमन्त्रीज्यू उत्साहित भएर बाकस–बाकस भन्न थाल्नुभएको छ,थापाले भने,सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्झाउनुपर्ने बेला भएको छ– प्रधानमन्त्रीले के भन्नुहुन्छ भनेर सुन्न जनता आएका होइनन्, केबल हास्य कलाकारलाई सुन्न आएका हुन् । तपाईंलाई जनताले हास्य कलाकारका रूपमा सुन्न चाहेका छन् ।
उनले थपे– प्रधानमन्त्रीज्यूलाई सामाजिक सञ्जाल खुब मन पर्छ । उहाँ टिकटकमा पनि हुनुहुन्छ । मलाई टिकटकको एउटा यस्तो भिडियो देखाउनुस्, जसलाई प्रधानमन्त्रीले विकास निर्माणबारे बोलेको कुरामा बनाइएको होस् ।ु
उनले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटन नेकपाको जिल्ला अध्यक्षलाई कांग्रेस सभापतिले हटाए जस्तै अनधिकृत रहेको टिप्पणी गरे । यो असंवैधानिक मात्र होइन अनधिकृत हो, कांग्रेसको सभापतिले नेकपाको जिल्ला अध्यक्षलाई पदबाट हटाएजस्तो थापाले भने ।

258 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal