मिश्रमा भेटियो पृथ्वीको सबैभन्दा पुरानो बियर कारखाना

२०७७ फाल्गुन ३ गते, सोमबार

एजेन्सी । मिस्रमा संसारको सबैभन्दा पुरानो बियर कारखाना भेटिएको छ। अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ। पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक स्थलमा भेटिएको सबैभन्दा पुरानो पुरातात्विक संरचना हुनसक्छ।
इजिप्टका प्राचीन वस्तुको सर्वोच्च परिषद्का महासचिव मुस्तफा वजिरीका अनुसार यो बियर कारखाना नील नदीको पश्चिमी किनारस्थित प्राचीन समाधिस्थल रहेको स्थान एबिडोसमा पाइएको हो । यो स्थान दक्षिणी काहिराबाट ४५० किमी टाढा रहेको छ।
वजिरीका अनुसार यो कारखाना इजिप्शियन राजा नारमेरको क्षेत्रमा भेटिएको छ । राजा नारमेर (३१५० ईसापूर्व देखि २६१३ ईसापूर्व) प्राचीन मिस्रको एकीकरणको जनक मानिन्छ।
वजिरीका अनुसार पुरातत्वविद्ले यस ठाउँमा आठवटा विभिन्न इकाई भेटेका छन् । प्रत्येक इकाई २० मीटर लामो र २ दशमलब ५ मीटर चौडा रहेको छ। यहाँ माटोले बनेका विभिन्न आकृतिका ४० वटा भाँडाकुँडा पनि फेला परेका छन् । उनले यी भाँडाको प्रयोग बियर उत्पादन लागि बाली र पानीको मिश्रण तताउने कार्यका लागि गने अनुमान गरेका छन् ।
यस संयुक्त अभियानको सह अध्यक्षता न्यूयोर्क विश्वविद्यालयका फाइन आर्ट्स संस्थानका डाक्टर म्याथ्यू एडम्स र प्रिन्सटन विश्वविद्यालयका सह प्राध्यापक डेबोरा विसचाकले गरेका थिए ।

एडम्स भन्छन्, ‘ त्यस बेलाका शाही भोजभतेरका लागि यस क्षेत्रमा बियरको यो कारखाना स्थापित गरिएको थियो होला।’ उनका अनुसार पुरातत्वविद्हरुले प्राचीन मिस्रमा बली दिने बेलामा बियरको प्रयोग हुने प्रमाण पनि भेटिएका छन् ।
मिस्रको प्राचीन वस्तुसँग सम्बन्धित मन्त्रालयका अनुसार बेलायतका पुरातत्वविद्हरुले सन १९०० तिर नै यो कारखाना बारे उल्लेख गरेका थिए। तर त्यसबेला यसको लोकेसन पत्ता नलागेका कारण कारखाना उत्खनन हुन सकेन। दाबी गरिएको झण्डै १२० वर्ष पछि बेलायतका पुरातत्वविद्ले भनेको कुरा प्रमाणित भएको छ।

336 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal