मिश्रमा भेटियो पृथ्वीको सबैभन्दा पुरानो बियर कारखाना

२०७७ फाल्गुन ३ गते, सोमबार

एजेन्सी । मिस्रमा संसारको सबैभन्दा पुरानो बियर कारखाना भेटिएको छ। अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ। पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक स्थलमा भेटिएको सबैभन्दा पुरानो पुरातात्विक संरचना हुनसक्छ।
इजिप्टका प्राचीन वस्तुको सर्वोच्च परिषद्का महासचिव मुस्तफा वजिरीका अनुसार यो बियर कारखाना नील नदीको पश्चिमी किनारस्थित प्राचीन समाधिस्थल रहेको स्थान एबिडोसमा पाइएको हो । यो स्थान दक्षिणी काहिराबाट ४५० किमी टाढा रहेको छ।
वजिरीका अनुसार यो कारखाना इजिप्शियन राजा नारमेरको क्षेत्रमा भेटिएको छ । राजा नारमेर (३१५० ईसापूर्व देखि २६१३ ईसापूर्व) प्राचीन मिस्रको एकीकरणको जनक मानिन्छ।
वजिरीका अनुसार पुरातत्वविद्ले यस ठाउँमा आठवटा विभिन्न इकाई भेटेका छन् । प्रत्येक इकाई २० मीटर लामो र २ दशमलब ५ मीटर चौडा रहेको छ। यहाँ माटोले बनेका विभिन्न आकृतिका ४० वटा भाँडाकुँडा पनि फेला परेका छन् । उनले यी भाँडाको प्रयोग बियर उत्पादन लागि बाली र पानीको मिश्रण तताउने कार्यका लागि गने अनुमान गरेका छन् ।
यस संयुक्त अभियानको सह अध्यक्षता न्यूयोर्क विश्वविद्यालयका फाइन आर्ट्स संस्थानका डाक्टर म्याथ्यू एडम्स र प्रिन्सटन विश्वविद्यालयका सह प्राध्यापक डेबोरा विसचाकले गरेका थिए ।

एडम्स भन्छन्, ‘ त्यस बेलाका शाही भोजभतेरका लागि यस क्षेत्रमा बियरको यो कारखाना स्थापित गरिएको थियो होला।’ उनका अनुसार पुरातत्वविद्हरुले प्राचीन मिस्रमा बली दिने बेलामा बियरको प्रयोग हुने प्रमाण पनि भेटिएका छन् ।
मिस्रको प्राचीन वस्तुसँग सम्बन्धित मन्त्रालयका अनुसार बेलायतका पुरातत्वविद्हरुले सन १९०० तिर नै यो कारखाना बारे उल्लेख गरेका थिए। तर त्यसबेला यसको लोकेसन पत्ता नलागेका कारण कारखाना उत्खनन हुन सकेन। दाबी गरिएको झण्डै १२० वर्ष पछि बेलायतका पुरातत्वविद्ले भनेको कुरा प्रमाणित भएको छ।

232 Views

ताजा

सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रिसंँग भेट

२०८१ बैशाख १२ गते, बुधबार

सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रिसंँग भेट

२०८१ बैशाख १२ गते, बुधबार

‘गणतन्त्र गौरव’ बाट पूर्वराष्ट्रपति भण्डारी सम्मानित

२०८१ बैशाख १० गते, सोमबार

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

२०८१ बैशाख १० गते, सोमबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal