जसपा जनयुद्धले उठाएका अग्रगामी परिवर्तनका एजेण्डाहरूको वैचारिक उत्तराधिकारी होः राजेन्द्र श्रेष्ठ

२०७७ फाल्गुन २ गते, आईतवार

सिन्धुली । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय नेता राजेन्द्र प्रसाद श्रेष्ठले सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्तेमा २६ औँ जनयुद्ध दिवसकै दिन आयोजना गरिएको समाजवादी पार्टी र राष्ट्रिय जनता पाटीवीचको समायोजन कार्यक्रममा माओवादी जनयुद्ध लगायत मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतका आन्दोलनले उठाएका सङ्घीयता, समानुपातिकता र समावेशिता जस्ता अग्रगामी परिवर्तनका मुद्दाहरू अझै अधुरो रहेको बताए ।
पार्टीको कार्यकारिणी सदस्य रहेका नेता श्रेष्ठले महान जनयुद्धका सहीदहरूप्रति श्रद्धाञ्जली तथा वेपत्ता र घाइतेहरूप्रति सम्मान व्यक्त गर्दै त्यतिबेला उठाइएका जातीय मुक्ति र वर्गीय मुक्ति दुबै अधुरो रहेको बताए । उनले जनता समाजवादी पार्टी माओवादी जनयुद्धको बेला उठाएका अग्रगामी परिवर्तनका एजेण्डाहरूको सच्चा वैचारिक उत्तराधिकारी भएको बताए ।
मानिसले मानिसलाई गर्ने सबैखाले शोषण उत्पीडनबाट मुक्ति आवश्यक
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले देशमा स्थायी शान्तिका लागि मानिसले मानिसलाई गर्ने सबैखाले शोषण उत्पीडनबाट जनतालाई मुक्त गर्नुपर्ने बताउँदै धनीहरूका लागि जुनसुकै व्यवस्था भए पनि फरक नपर्ने तर गरिवका लागि समाजवाद नै आवश्यक भएको बताए । नेपालमा आफुलाई समाजवादी भन्ने नेपाली कांग्रेस मात्र होइन कम्युनिष्ट पार्टीहरूले पनि माक्र्स र लेनीनका जातीय मुक्तिसम्वन्धी विचार ग्रहण नगरेकाले सही रूपमा सङ्घीयता लागू गर्न नचाहेको बताए ।
समायोजन कार्यक्रममा श्रेष्ठले पार्टीको मार्गदर्शक सिद्धान्त सम्मुनत सङ्घीय समाजवादबारे बोल्दै नेपाल जस्तो बहुजातीय बहुभाषिक मुलुकमा समाजवादले वर्गीय समस्या हल गरे पनि जातीय समस्या हल नहुने भएकाले सङ्घीयतालाई पनि समाजवादसँग जोड्नु परेको बताए । आफ्नो पार्टीले वर्तमान प्रशासनिक सङ्घीयतालाई पहिचानसहितको सङ्घीयतामा रूपान्तरित गरी देशलाई समाजवादी लोकतान्त्रिक गणतन्त्रको दिशामा लान चाहेको बताए ।
श्रेष्ठले थारो भैँसी र विगुतीको प्रसंग किन उठाए ?
नेता श्रेष्ठले पटकपटकको संसद विघटनको घट्नाले देशमा राजनीतिक स्थिरता, शान्ति र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपती र पूर्ण समानुपातिक संसद हुनुपर्ने बताए । थारो भैसी र विगुतीको प्रसंग उठाउँदै उनले भने, ‘प्रतिगमनको जगमा हुने चुनावले सही ठाउँमा पु¥याउँदैन । थारो भैसी ब्याउँछ, बिगुती खाऊँला भन्नु र ओलीले चुनाव गराउँछ, जिताँैला भन्नु उस्तै कुरा हो । थारो भैँसी ब्याउँदैन ।’
पार्टी प्रवेश तथा गाउँपालिका समिति समायोजन
पार्टीका सङ्घीय परिषद सदस्य अरुण आलेले सञ्चालन तथा समाजवादी पार्टीका पूर्व अध्यक्ष ढाल बहादुर नेपाली ९कृष्ण०ले अध्यक्षता गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य द्वय दीर्घराज श्रेष्ठ र शंकर बसेलले पनि शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेस र नेकपा परित्याग गरी कृष्ण नेपाली, कैलाश भुजेल, खेटराज थापा९दीपक०, रमेश भण्डारी, नारायण प्रसाई, राम अच्छामी लगायत ३ दर्जनभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश गरेका थिए ।
जसपा सिन्धुलीका प्रचार विभाग प्रमुख दिपेश थापाका अनुसार कार्यक्रममा जनता समाजबादी पार्टी, नेपाल सुनकोशी गाउँपालिकाको २५ सदस्यीय समायोजित समिति घोषणा गरिएको छ । समितिको अध्यक्षमा ढालबहादुर नेपाली ९कृष्ण०, उपाध्यक्ष राजन वैद्य, सचिव कैलाश भुजेल, उपसचिब खेटराज थापा र कोषाध्यक्षमा चन्द्र बैजु चयन भएका छन । समाजबादी पार्टी र राजपाको सुनकोसी गाउँपालिका समायोजन कार्यक्रममा जसपा सङ्घीय परिषद सदस्य सीमा मगर लगायत सिन्धुलीका नेता कार्यकर्ताहरूको पनि सहभागिता थियो ।

320 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal