उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ।
रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रु ४१ करोड ८८ लाख चार हजार ९३६ खर्च भइसकेको छ । सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार रु नौ करोड २५ लाख भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उनको भनाइ छ । उनका अनुसार माघ मसान्तसम्म रु १० करोडभन्दा बढी उधारो हुनेछ ।
हालसम्म रङ्गशाला निर्माणका लागि रु ३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले रु आठ करोड, वाग्मती प्रदेश सरकारले रु तीन करोड सहयोग गरेका छन् । महायज्ञमा बोलकबोल रु ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा रु नौ करोड ११ लाख ६५ हजारमात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिए । महायज्ञमा रु एक करोडभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए । वाग्मती प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख, वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले रु एक करोड, गैँडाकोट नगरपालिकाले रु एक करोड बराबरको काठ, नेपाल पोल्ट्री महासङ्घले रु एक करोड र ग्लोबल आइएमई बैंकले रु एक करोड बोलकबोल गरेका थिए । ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासङ्घले रु ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिए ।
महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउनुहुन्छ । रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाइएको उनले जानकारी दिए ।
वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७र७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिए । जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी छ । महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन् ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बजेट अभाव हुँदा सोचे जसरी कामलाई अघि बढाउन नसकेको बताउनुभयो । उनले भने, “रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौँ ।” उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उनको भनाइ छ । कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ ।
निर्माण सामग्री खरिद गर्ने एउटै फार्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको कट्टेलले बताए । महायज्ञको रकम सबै उठेमा पनि तत्काललाई समस्या समाधान हुने उनको भनाइ छ । उधारोमै सामान ल्याएर भए पनि काम नरोकेको कट्टेल बताउँछन् ।
रकम अभावकै कारण रङ्गशाला निर्माणमा खटिने कामदारको सङ्ख्या समेत घटाइएको छ । पहिले ३१३ जनासम्म कामदारले काम गर्दै आएकामा पछिल्लो समय घटाएर १३५ जना मात्रैले काम गरिरहेका छन् । रकम अभाव भए पनि चाडपर्वदेखि कोभिडको समयमा समेत कामलाई भने निरन्तरता दिइएको छ ।
रङ्गशाला निर्माण सम्पन्न गर्न करिब रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ । हाल रङ्गशालाको मैदान र प्यारापिटको काम भइरहेको छ । गत साउन १ गतेदेखि संरचनाको काम शुरु गरिएको रङ्गशाला एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले भने, “महायज्ञको बोलकबोल र घोषित रकम प्राप्त भएमा लक्ष्यअनुसार काम हुने थियो ।” महायज्ञबाहेक रङ्गशाला निर्माणका क्रममा विभिन्न व्यक्ति र संस्थाले सहयोग घोषणा गरेको रकम रु चार करोड हाराहारी उठ्न बाँकी छ ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराइएको हो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण भइरहेको छ । जग्गा दिलाउन र यहाँ रङ्गशाला निर्माणका लागि महानगरपालिकाले अगुवाइ गरेको थियो । महानगरपालिकाकै आग्रहमा फाउण्डेशनले रङ्गशाला निर्माण थालेको हो । (रासस)
ताजा
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबार
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबार
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ
२०८३ आश्विन ९ गते, शुक्रबार
प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने
२०८३ आश्विन ९ गते, शुक्रबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





