आजदेखि अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई ‘कोभिशिल्ड’ खोप उपलब्ध गराउने

२०७७ माघ २६ गते, सोमबार

काठमाडौँ । । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले आजदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिनुभयो ।
उहाँले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जनाउनुभयो ।
स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ र खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।
देशभर करिब १३ हजार पत्रकार रहेका छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।

181 Views

ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप

२०८१ माघ २७ गते, आईतवार

मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव

२०८१ माघ २७ गते, आईतवार

प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत

२०८१ माघ २७ गते, आईतवार

नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार

२०८१ माघ २७ गते, आईतवार

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

२०८१ माघ २७ गते, आईतवार

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

२०८१ माघ २७ गते, आईतवार

इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड

२०८१ माघ २७ गते, आईतवार

उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ

२०८१ माघ २७ गते, आईतवार

अब रारामा पर्यटक प्रहरी

२०८१ माघ २७ गते, आईतवार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal