भारतमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या
एजेन्सी । भारतको बिहारस्थित नेपाली मूलकी १२ वर्षीया बालिकामाथि सामूहिक रुपमा बलात्कारपश्तात् हत्या गरेर जबर्जस्ती शव जलाएको बीबीसी हिन्दीले जानकारी दिएको छ ।
प्राथमिक अनुसन्धान र एक भाइरल अडियोले यो पूरा घटनामा स्थानीय थानाका थानाध्यक्षको मद्दत रहेको संकेत भेटिन्छ ।
एसपी नविनचन्द्र झाले बीबीसी हिन्दीसँग यसबारे कुरा गरेका छन् । उनले भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ, त्यसबाट स्पष्ट भइरहेको छ कि थानाध्यक्ष सञ्जिव कुमार रञ्जनले लापरवाही गर्दै आफ्नो कर्तव्यबाट विमुख भएका छन् ।’
के हो घटना ?
बीबीसी हिन्दीका अनुसार नेपालको ५ नम्बर प्रदेशको बर्दिया जिल्लामा पर्ने बारबर्दिया नगरपालिकामा बस्ने सुरेश (परिवर्तित नाम) पछिल्लो एक वर्षदेखि भारतको मोतिहारीमा मजदुरी गर्दै आएका छन् ।
सुरेशका अनुसार यो घटना २१ जनवरीमा घटित भएको बताएका छन् । त्यतिबेला उनी श्रीमती नेपालको आफ्नो गाउँ आएकी थिइन्, सुरेश मजदुरी गर्न गएका थिए र छोरा कुनै कामले बजार गएका थिए ।
पूर्वी चम्पारणको सिकहना, अनुमंडल पदाधिकारीलाई सुरेशले प्राथमिकी दर्ता गराउनका लागि दिएको आवेदन अनुसार बेलुका करिब ४ बजे जब उनका छोरा बजारबाट फिर्ता भए तब उनका घर मालिक सियाराम साहले उनलाई रोके । आवेदनमा उनले भने, ‘तर मेरो छोरा उनीहरुको कुरा नमानिकनै कोठामा जाँदा बहिनीलाई भुइँमा घाइते अवस्थामा लडिरहेको देखे । यो देखेर छोराले मलाई बोलायो । म घर जाँदा छोरी भुइँमा लडिरहेको देखेँ र उनको घाँटीमा रातो दाग पनि देखेँ । मैले छोरीलाई उपचारका लागि स्थानीय चिकित्सक भएठाउँ लिएर गएँ तर कसैले पनि उपचार गरेनन् ।’
सुरेशका अनुसार त्यसपछि थुप्रै मानिसहरु ९अभियुक्त० त्यहाँ जम्मा भए र छोरीको शवलाई जलाउन दबाब दिन थाले ।
ऊजुरीमा भनिएको छ, ‘देवेन्द्र कुमार साहले शव चाँडै जलाउन दबाब दिँदै यसो नगरेको खण्डमा म र मेरो छोराको हत्या गरेर नेपालमा फ्याँकिदिने धम्की दिए । त्यसपछि एउटा सादा कागजमा मेरो औंठाछाप पनि लिइयो र राती १२ बजे बलपूर्वक पोखर रोडको सडक किनारामा नुन र चिनी हालेर शव जलाइदिए । बिहान भएलगत्तै मलाई नेपालमा भगाइदिए ।’
घटनाको १२ दिनपछि दर्ता भयो एफआइआर
२१ जनवरीमा भएको यो घटनाको प्राथमिकी २ फेब्रअुरीमा दर्ता गरिएको छ । कूल ११ जनालाई अभियुक्त बनाइएको छ जसमध्ये चार अभियुक्त विनय साह, दीपक कुमार साह, रमेश साह, देवेन्द्र कुमार साहमाथि सामूहिक दुष्कर्म र हत्याको आरोप छ । यस्तै सातजना ९जसमा घर मालिक सियाराम साह पनि समावेश छन्० माथि शवलाई जबर्जस्ती जलाएर प्रमाण मेट्ने प्रयास गरेको आरोप लागेको छ ।
घटनाको एफआईआर दर्ता भएपछि तीन दिन अघि ५ फेब्रुअरीमा एउटा अडियो भाइरल भयो जसमा २१ जनवरीमा कुंडवा चैनपुरका थानाध्याक्ष संजिव कुमार रञ्जन र एक अभियुक्त रमेश साहबीच कुराकानी भएको छ । यो कुराकानीमा थानाध्यक्ष संजिव कुमारले अभियक्त रमेश साहसँग भनिरहेका छन्, ‘बालिकाको व्यवस्था गरिदेउ र लेखिदेउ कि बालिका चिसोका कारण मरी ।’
एसपी नविनचन्द्र झाले बीबीसी हिन्दीसँगको कुराकानीमा दुई अभियुक्त पक्राउ परेको र अन्य अभियुक्तको गिरफ्तारीका लागि प्रहरी टोली गठन गरिएको जानकारी दिए ।
ताजा
This is Test by Web house Nepal
२०८३ असार २३ गते, मंगलवार
This is Test by Web house Nepal
२०८३ असार २३ गते, मंगलवार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





