रिहाना अंग प्रदर्शन गर्दै क्यामरा अगाडि नाच्ने गायिकाः कंगना

२०७७ माघ २५ गते, आईतवार

एजेन्सी । यतिबेला भारतमा जारी किसान आन्दोलन चर्किरहेको छ। उक्त विषयबारे भारतीय कलाकारको मात्र होइन, हलिउड कलाकार र अभियन्ताहरूले पनि चासो देखाइरहेका छन्।
केही समयअघि अमेरिकी पप गायिका रिहानाले भारतीय किसान आन्दोलनबारे ट्विट गरेकी थिइन्। रिहानाले मंगलबार सिएनएनमा प्रकाशित समाचार सेयर गर्दै रिहानाले सिएनएनमा प्रकाशित समाचार सेयर गर्दै ुभारतीय किसान आन्दोलनबारे हामी किन बोलिरहेका छैनौं ? ह्यास्ट्याग किसान आन्दोलन’ लेखेकी थिइन्।
यसमा बलिउड अभिनेत्री कंगना रनावतले जवाफ फर्काइन्। जसमा कंगनाले रिहानालाई ‘मूर्ख’ भनेकी थिइन्। कंगनाले ट्विटरमा भनिन्, ‘कोही पनि बोलिरहेका छैनौं किनभने उनीहरू किसान होइनन्। उनीहरू आतंकवादी हुन् जो भारतलाई विभाजन गर्न चाहन्छन्। यसो भयो भने हाम्रो राष्ट्र कमजोर हुन्छ अनि चीनले कब्जा गर्नेछ। र, देशलाई अमेरिका जस्तै बनाउँनेछ।’
कंगनाले रिहानालाई थप भनेकी छन्, ‘चुप लागेर बस मूर्ख, हामी हाम्रो देश तिमीहरू जस्तो पुत्लालाई बेच्दैनौं।’
कंगनाले सामजिक संजालमा रिहानालाई होच्याउने काम यत्तिकैमा रोकिएन। किसान आन्दोलनकै विषयमा बुधबार कंगनाले रिहाना लक्षित अर्को ट्विट गरिन्। उनले जी हिन्दुस्तानले रिहानाबारे लेखेको समाचार सेयर गर्दै व्यङग्यात्मक शैलीमा भनेकी छन्, ‘अँ, हामी भारतीय जान्न चाहन्छौं, को हुन् रिहाना ?’
‘उनी सुनिधि चौहान र नेहा कक्कडजस्तै गायिका हुन्। यसमा त्यस्तो विशेष के छ र ? यही हो कि उनी आफ्नो शरीरका अंग देखाउँदै क्यामरा अगाडि नाच्छिन्। अरू केही खास छैन,’ कंगनाले रिहानाबारे आफ्नो प्रतिक्रिया जनाएकी छन्।
उनले थप लेखेकी छन्, ‘हाम्रो आन्तरिक विषयमा यी अमेरिकी पप स्टारको राय कसले पो वास्ता गरुन्१ ९९ प्रतिशत भारतीय अमेरिकी जीवनशैली र उनीहरूको मतलब गर्दैनन्। उनीहरु एकदमै पैसा र आत्म(केन्द्रित छन्। त्यसैले चुप लागेर बस मूर्खहरू।’
रिहानाबारे जनाएको प्रतिक्रियामा ट्विटर प्रयोगकर्ताहरूले कंगनालाई उल्टो जवाफ फर्काएका छन्। कतिले अभिव्यक्ति स्वतन्त्रताको कुरा उठाएका छन भने केहीले रिहानालगायत अन्तर्राष्ट्रिय कलाकारहरूले यस्ता विषयमा चासो देखाएकोमा राम्रो मानेका छन्।
किसान आन्दोलनको बारेमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता १८ वर्षीया ग्रेटा थनबर्गले पनि ट्विट गरेकी छन्। उनले ट्विटमा भनेकी छन्, ुहामी आन्दोलनरत भारतका किसानसँगै छौं।ु सो ट्विटलाई भारत सरकारले भने देश विरोधी प्रोपगान्डा भएको बताएको थियो।
भारतको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै बिहीबार ग्रेटाको पुत्ला पनि जलाइयो। त्यसअघि दिल्ली प्रहरीले ग्रेटा विरूद्ध मुद्दा दर्ता गरेको थियो।
ग्रेटाको ट्विटमा अभिनेत्री कंगानले पनि आफ्नो प्रतिक्रिया जनाएकी थिइन्। जसमा उनले ग्रेटालाई ुब्रिग्रेकी बच्चाु भनेकी थिइन्।
नयाँ दिल्लीमा जारी किसान आन्दोलनले अन्तर्राष्ट्रिय ध्यान खिचेसँगै सामाजिक सञ्जालमा विवादहरु पनि छताछुल्ल भइरहेका छन्।

299 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal