‘नेकपा प्रवेशको लहर चल्यो’

२०७७ माघ २५ गते, आईतवार

काभ्रे । बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरे ।
यस्तै यही माघ १७ गते नेकपाको पनौती नगर कमिटीको बृहत् भेलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेकपामा प्रवेश गराइएको पार्टीका नगर संयोजक सुरेश हुमागाईँले जानकारी दिए । उक्त कार्यक्रममा बाँस्कोटाले भने, “नेकपामा प्रवेशको लहर चलेको छ ।”
नेकपाका काभ्रेपलाञ्चोकको इन्चार्जसमेत रहेका बाँस्कोटाका अनुसार नेकपामा पार्टी प्रवेशको कार्यक्रमले अब तीव्रगतिमा निरन्तरता पाउनेछ । यही माघ १० गते विप्लव समूहका केन्द्रीय सदस्य चुडामणि चौलागाईँले नेकपाको जिल्ला भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवाद र राष्ट्रियता’ले जनताको मन जितेको दाबी गर्दै नेकपामा प्रवेश गरेको घोषणा गरे । पार्टी प्रवेशका बनेपा र धुलिखेल नगरका दुई कार्यक्रममा १४५ चन्द समूहका नेता कार्यकर्तालाई बाँस्कोटाले स्वागत गरेका थिए । धुलिखेलमा ७५ र बनेपामा ७० चन्द समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
चन्द समूहका राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष, पूर्वी ब्यूरो सदस्यलगायत अधिकांश चन्द समूहका जनवर्गीय सङ्गठनका पदाधिकारी रहेका थिए । चन्द समूहका अन्य नेता कार्यकर्तालाई नेकपामा प्रवेशबारे छलफल भइरहेको बाँस्कोटाले बताए । “अधिकांश जिल्लाबाट चन्द समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश गरिरहेका छन्”, उनले भने ।
करिब एक वर्षअघि बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएको केही महिनापछि पार्टी प्रवेश कार्यक्रमलाई जिल्लामा अभियानकै रूपमा सञ्चालन गर्दै आएका छन् । उनको पार्टी प्रवेश गराउने शृङ्खला गत साउन महिनादेखि शुरु भएको हो । बाँस्कोटाको सक्रियतामा पनौती नगरस्थित बल्थलीमा कांग्रेसलगायत विभिन्न पार्टीमा आबद्ध १२४ नेता कार्यकर्तालाई नेकपामा प्रवेश गरे ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानको जिम्मेवारी बोकेको पार्टीमा पछिल्लो समय आस्था राख्नेलाई नेकपामा प्रवेश गराएको बाँस्कोटा बताउँछन् । “केही विकास–क्रान्ति देखेर, केही मुलुक समृद्ध बनाउने नेकपाको जिम्मेवारी देखेर प्रवेश गरेको पाएको छु”, उनले दाबी गरे । बाँस्कोटाको सक्रियतामा हालसम्म दोस्रो ठूलो दल विभिन्न पार्टीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । उनका अनुसार अभियानकै रूपमा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा क्रमशः पार्टी प्रवेश कार्यक्रमले निरन्तरता पाउनेछ । (रासस)

137 Views

ताजा

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव

२०८१ माघ २६ गते, शनिबार

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव

२०८१ माघ २६ गते, शनिबार

यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

२०८१ माघ २६ गते, शनिबार

कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू

२०८१ माघ २६ गते, शनिबार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

२०८१ माघ २६ गते, शनिबार

गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )

२०८१ माघ २६ गते, शनिबार

आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व

२०८१ माघ २६ गते, शनिबार

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)

२०८१ माघ १६ गते, बुधबार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal