‘नेकपा प्रवेशको लहर चल्यो’

२०७७ माघ २५ गते, आईतवार

काभ्रे । बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरे ।
यस्तै यही माघ १७ गते नेकपाको पनौती नगर कमिटीको बृहत् भेलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेकपामा प्रवेश गराइएको पार्टीका नगर संयोजक सुरेश हुमागाईँले जानकारी दिए । उक्त कार्यक्रममा बाँस्कोटाले भने, “नेकपामा प्रवेशको लहर चलेको छ ।”
नेकपाका काभ्रेपलाञ्चोकको इन्चार्जसमेत रहेका बाँस्कोटाका अनुसार नेकपामा पार्टी प्रवेशको कार्यक्रमले अब तीव्रगतिमा निरन्तरता पाउनेछ । यही माघ १० गते विप्लव समूहका केन्द्रीय सदस्य चुडामणि चौलागाईँले नेकपाको जिल्ला भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवाद र राष्ट्रियता’ले जनताको मन जितेको दाबी गर्दै नेकपामा प्रवेश गरेको घोषणा गरे । पार्टी प्रवेशका बनेपा र धुलिखेल नगरका दुई कार्यक्रममा १४५ चन्द समूहका नेता कार्यकर्तालाई बाँस्कोटाले स्वागत गरेका थिए । धुलिखेलमा ७५ र बनेपामा ७० चन्द समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
चन्द समूहका राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष, पूर्वी ब्यूरो सदस्यलगायत अधिकांश चन्द समूहका जनवर्गीय सङ्गठनका पदाधिकारी रहेका थिए । चन्द समूहका अन्य नेता कार्यकर्तालाई नेकपामा प्रवेशबारे छलफल भइरहेको बाँस्कोटाले बताए । “अधिकांश जिल्लाबाट चन्द समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश गरिरहेका छन्”, उनले भने ।
करिब एक वर्षअघि बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएको केही महिनापछि पार्टी प्रवेश कार्यक्रमलाई जिल्लामा अभियानकै रूपमा सञ्चालन गर्दै आएका छन् । उनको पार्टी प्रवेश गराउने शृङ्खला गत साउन महिनादेखि शुरु भएको हो । बाँस्कोटाको सक्रियतामा पनौती नगरस्थित बल्थलीमा कांग्रेसलगायत विभिन्न पार्टीमा आबद्ध १२४ नेता कार्यकर्तालाई नेकपामा प्रवेश गरे ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानको जिम्मेवारी बोकेको पार्टीमा पछिल्लो समय आस्था राख्नेलाई नेकपामा प्रवेश गराएको बाँस्कोटा बताउँछन् । “केही विकास–क्रान्ति देखेर, केही मुलुक समृद्ध बनाउने नेकपाको जिम्मेवारी देखेर प्रवेश गरेको पाएको छु”, उनले दाबी गरे । बाँस्कोटाको सक्रियतामा हालसम्म दोस्रो ठूलो दल विभिन्न पार्टीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । उनका अनुसार अभियानकै रूपमा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा क्रमशः पार्टी प्रवेश कार्यक्रमले निरन्तरता पाउनेछ । (रासस)

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal