नेपालले थप २२ लाख ५६ हजार डोज खोप पाउने

२०७७ माघ २२ गते, बिहीबार

काठमाडौं । नेपालले थप २२ लाख ५६ हजार डोज कोरोना भाइरसविरुद्धको खोप पाउने भएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले थप खोप प्राप्त गर्न लागेको हो । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिका अनुसार नेपालले सो संख्यामा खोप प्राप्त गर्नेछ ।
भारतको सेरम इन्ष्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड एस्टाजेनिकाको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो । सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुनसक्ने अनुमान गरिएको छ ।
नेपालको औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त खोप तीन प्रतिशत जनसंख्यालाई लगाउन पुग्नेछ । सो खोप ५५ वर्षमाथिका र दीर्घ रोगीलाई लगाउने सरकारको योजना छ ।

253 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal