यो आन्दोलन गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ होः दाहाल
काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताएका छन् ।
बिहीबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा ललितपुरको सातदोबाटो पुगेका दाहालले सरकारले संविधान मिच्ने काम गरेको र लोकतन्त्रमाथि प्रहार भएको भन्दै शसक्त आन्दोलन गर्ने र ओलीलाई प्रधानमन्त्रीबाट जनताले हटाउने बताएका हुन् ।
असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको र जनताको अधिकार खोस्न खोजिएकाले आफुहरु आन्दोलनमा आउनु परेको भन्दै उनले आन्दोलन ओली र दाहालबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ भएको बताए ।
दाहालले संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नु परेको उल्लेख गरे ।