यो आन्दोलन गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ होः दाहाल

२०७७ माघ २२ गते, बिहीबार

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताएका छन् ।
बिहीबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा ललितपुरको सातदोबाटो पुगेका दाहालले सरकारले संविधान मिच्‍ने काम गरेको र लोकतन्त्रमाथि प्रहार भएको भन्दै शसक्त आन्दोलन गर्ने र ओलीलाई प्रधानमन्त्रीबाट जनताले हटाउने बताएका हुन् ।
असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको र जनताको अधिकार खोस्‍न खोजिएकाले आफुहरु आन्दोलनमा आउनु परेको भन्दै उनले आन्दोलन ओली र दाहालबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ भएको बताए ।
दाहालले संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नु परेको उल्लेख गरे ।

290 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal