अटो श्रमिकहरुको सम्मेलन भव्य रुपमा सम्पन्न

काठमाडौं । समाजवादी टे«ड युनियन महासंघको घटक संघ नेपाल समाजवादी अटो ई. श्रमिक संघको दोश्रो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।
माघ १७ गते शनिबार जनकपुरमा भएको उक्त सम्मेलनले जगदिश महतोको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
सम्मेलनले संघको नाम परिवर्तन गरी समाजवादी अटो मोबाइल्स तथा इन्जिनियरिङ्ग श्रमिक संघ राख्ने निर्णय समेत गरेको छ । सम्मेलनबाट अध्यक्षमा जगदीश महतो, उपाध्यक्ष शत्रुधन यादव, महासचिव किरणदेवी दास, उप–महासचिव अरुण कुमार शाह, सचिव सञ्जय कुमार ठाकुर, सुनिल यादव, विष्णु शर्मा अर्याल, कोषाध्यक्ष राजेश कुमार शाह पदाधिकारी रहेका छन् ।
सम्मेलनको प्रमुख अतिथि जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश नं. २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, विशेष अतिथि जसपा केन्द्रीय सदस्य एवं प्रदेश नं. २ का कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाह, जसपा केन्द्रीय सदस्य एवं समाजवादी टे«ड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ रहनु भएको उक्त सम्मेलनको उद्घाटन शत्रमा अतिथिको रुपमा जसपाका केन्द्रीय सदस्य एवं समाजवादी टे«ड युनियन महासंघका उपाध्यक्षहरु अर्जुन लम्साल, तेजलाल कर्ण, विन्देश्वर यादव, रिम बस्याल रहेका थिए । त्यस्तै मधेशी टे«ड युनियम महासंघका अध्यक्ष पल्टन ठाकुर, महासंघका उपमहासचिव प्रकाश भट्टराई, फुल्गेन प्रसाद शाह, सचिव गोपाल राई, बासुदेव यादव, राम विलास यादवलगायत श्रमिक नेताहरुको बाक्लो उपस्थितिमा सम्मेलन भव्य रुपमा सम्पन्न भएको समाजवादी टे«ड युनियन महासंघका प्रदेश नं. २ का अध्यक्ष फुल्गेन प्रसाद शाहले जानकारी दिए ।
ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
२०८१ चैत्र ३० गते, शनिबार
फेवा महोत्सव आजदेखि
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान
२०८१ चैत्र ३० गते, शनिबार
गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो
२०८१ चैत्र ३० गते, शनिबार
टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक
२०८१ चैत्र ३० गते, शनिबार
रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत
२०८१ चैत्र २९ गते, शुक्रबार
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
२०८१ चैत्र २९ गते, शुक्रबार
असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु
२०८१ चैत्र २९ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार