अटो श्रमिकहरुको सम्मेलन भव्य रुपमा सम्पन्न

२०७७ माघ १९ गते, सोमबार

काठमाडौं । समाजवादी टे«ड युनियन महासंघको घटक संघ नेपाल समाजवादी अटो ई. श्रमिक संघको दोश्रो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।
माघ १७ गते शनिबार जनकपुरमा भएको उक्त सम्मेलनले जगदिश महतोको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
सम्मेलनले संघको नाम परिवर्तन गरी समाजवादी अटो मोबाइल्स तथा इन्जिनियरिङ्ग श्रमिक संघ राख्ने निर्णय समेत गरेको छ । सम्मेलनबाट अध्यक्षमा जगदीश महतो, उपाध्यक्ष शत्रुधन यादव, महासचिव किरणदेवी दास, उप–महासचिव अरुण कुमार शाह, सचिव सञ्जय कुमार ठाकुर, सुनिल यादव, विष्णु शर्मा अर्याल, कोषाध्यक्ष राजेश कुमार शाह पदाधिकारी रहेका छन् ।
सम्मेलनको प्रमुख अतिथि जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश नं. २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल, विशेष अतिथि जसपा केन्द्रीय सदस्य एवं प्रदेश नं. २ का कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाह, जसपा केन्द्रीय सदस्य एवं समाजवादी टे«ड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ रहनु भएको उक्त सम्मेलनको उद्घाटन शत्रमा अतिथिको रुपमा जसपाका केन्द्रीय सदस्य एवं समाजवादी टे«ड युनियन महासंघका उपाध्यक्षहरु अर्जुन लम्साल, तेजलाल कर्ण, विन्देश्वर यादव, रिम बस्याल रहेका थिए । त्यस्तै मधेशी टे«ड युनियम महासंघका अध्यक्ष पल्टन ठाकुर, महासंघका उपमहासचिव प्रकाश भट्टराई, फुल्गेन प्रसाद शाह, सचिव गोपाल राई, बासुदेव यादव, राम विलास यादवलगायत श्रमिक नेताहरुको बाक्लो उपस्थितिमा सम्मेलन भव्य रुपमा सम्पन्न भएको समाजवादी टे«ड युनियन महासंघका प्रदेश नं. २ का अध्यक्ष फुल्गेन प्रसाद शाहले जानकारी दिए ।

421 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal