आज कांग्रेसले ७७ जिल्लामा भव्य प्रदर्शन गर्ने

२०७७ माघ १९ गते, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसले आज सोमबार ७७ जिल्लामा एकसाथ भव्य विरोध प्रदर्शन गर्दैछ । कांग्रेसका १३ भातृ संगठनको आयोजनामा देशभर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन हुन लागेको हो ।
संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको बताउँदै कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको छ ।
यस्तै भ्रष्टाचार, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको कमजोर प्रयासको विरोधमा पनि प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबारको प्रदर्शन ‘रातो प्रतिगमन’ विरूद्ध हुने बताएका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई ‘कालो प्रतिगमन’ र ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई ‘रातो प्रतिगमन’ को शंज्ञा दिएका छन् ।

289 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal