चीनले पनि ३ लाख डोज अनुदानमा नेपाललाई कोरोनाविरुद्धको खोप दिने

२०७७ माघ १८ गते, आईतवार

काठमाडौं । छिमेकी चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई चीनले करिब ३ लाख डोज कोरोनाविरुद्धको खोप दिने जनाएको हो ।
चिनियाँ सरकारी कम्पनी सिनो फर्माले विकास गरेको खोप चीनले नेपाललाई सहयोगमा दिन लागेको हो। नेपाल सरकारले यसअघि नै खोप उत्पादन गर्ने मुलुकहरुलाई कूटनीतिक नोट पठाएर खोप सहयोग गर्न अनुरोध गरेको थियो।
नेपालको सोही अनुरोधअनुसार चीनले नेपाललाई खोप दिन लागेको हो। यसअघि नेपाललाई दक्षिणी छिमेकी भारतले पनि १० लाख डोज खोप निःशुल्क दिइसकेको छ।
चिनियाँ खोप चीनलगायत विभिन्न १३ देशमा शसर्त अनुमति प्राप्त रहेको र विश्वस्वास्थ्य संगठनको मापदण्डभन्दा पनि गुणस्तरीय रहेको जनाएको छ। तर, नेपालमा भने हालसम्म चिनियाँ खोपले अनुमति पाइसकेको छैन। तर चीनले सहयोग दिने भएपछि नेपालले चिनियाँ खोपलाई आपतकालीन उपयोगका लागि अनुमति दिने दावी गरिएको छ।

397 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal