ओली नेतृत्वको सरकारले जनमतको चीरहरण ग¥योः संग्रौला

२०७७ माघ १७ गते, शनिबार

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् ।
रिपोर्टर्श क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा शनिवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता संग्रौलाले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गरिन । ‘हामी प्रजातन्त्रमा विस्वास राख्दछौँ । स्वतन्त्र न्यायलयले संविधान बमोचिम, कानून बमोजिम निर्णय लिनेछ ।’–उनले भनिन् ।
संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु सर्वसत्तावाद भएको स्मरण गर्दै कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको बताइन् । लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा रहेको उनको भनाई छ । उनले पाँच बर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरिन ।
न्यायपालिकामा भएको बहसलाई ‘वाइयात’ भन्न,े फरक मतलाई होच्चाउने कार्यपालिका प्रमुखको नैतिकता नरहेको उनले बताइन् ।
लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नसक्ने भन्दै उनले निर्वाचन विधिसंगत हुनुपर्ने बताइन् ।
साक्षत्कार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal