धनगढीमा आज बृहत शक्ति प्रदर्शन गर्दै दाहाल–नेपाल समूह

२०७७ माघ १७ गते, शनिबार

कैलाली । नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज प्रतिनिधि सभा विघटनविरुद्ध कैलालीको धनगढीमा बृहत शक्ति प्रदर्शन गर्दैछ । धनगढीमा गरिने शक्ति प्रदर्शन सहितको विशाल सभालाई अध्यक्षद्धय दाहाल र नेपालले सम्बोधन गर्नेछन् ।
दाहाल–नेपाल समूहका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार कार्यकर्ता सहभागि हुने दाबी गरे । यसअघि हिजो दाहाल नेपाल समूहले विराटनगरमा शक्ति प्रदर्शन गरेको थियो । त्यसअघि बिहीबार बुटवलमा समेत हजारौैँ नेता कार्यकर्ता जम्मा पारेर दाहाल नेपाल समूहले विरोधसभा गरेको थियो ।
आज धनगढीमा प्रदर्शन सकेपछि दाहाल–नेपालको शक्ति प्रदर्शन कार्यक्रम काठमाडौँ केन्द्रित हुनेछ । माघ २८ गते एक लाख भन्दा धेरै कार्यकर्ता उतारेर काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध शक्ति प्रदर्शन गर्ने कार्यक्रम छ ।

305 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal