केपी ओली धूर्त र बेइमानः अध्यक्ष प्रचण्ड

२०७७ माघ १६ गते, शुक्रबार

विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली धूर्त र बेइमान रहेको बताएका छन् ।
शुक्रबार मोरङको विराटनगरमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली बेइमान र धूर्त रहेको भन्दै उनका पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको बताए ।
केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन्’, अध्यक्ष प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । उनले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे ।
प्रचण्डले नेकपा एकता घोषणा भएको तीन वर्ष नवित्दै आफैंले बनाएका प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नुपरेको र त्यो नेपाली जनताको हितका लागि भएको पनि बताए । प्रचण्डले दुई पार्टी एकता गरेर आफुहरु समाजवादको आधार निर्माण गर्ने महान अभियानमा लागेपनि केपी ओली प्रतिगमनको गोटी बनेर संसद विघटन गर्नतिर लागेको बताए ।
नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको प्रचण्डको भनाई थियो । जरुरी परे संसदको बैठक बसेर केपी ओली जस्ता अपराधीलाई कारवाही गर्न सकिने प्रचण्डको भनाई छ ।

266 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal