शहीदको बलिदानीबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाइनेः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताउनुभएको छ ।
शहीद दिवस २०७७ का अवसरमा आज एक सन्देश दिँदै उहाँले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत बताउनुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उहाँको भनाइ छ । “सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ”, सन्देशमा उहाँले भन्नुभएको छ, “हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ । हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।”
लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा गरेकोसमेत उहाँले बताउनुभयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





