भ्रष्टहरुको दिवास्वप्न ध्वस्त पार्न वाईसीएल सफल बनोस्ः अरुण घिसिङ

२०७७ माघ १४ गते, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लीग (वाईसीएल), नेपालको दोस्रो राष्ट्रिय एकता भेला काठमाडौंको बौद्ध जोरपाटी स्थित याङग्रीला हिल सिटी होटलमा हिजो सम्पन्न भयो ।
लाखौं करोडौं जनताले आस्था र अपेक्षा बोकेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई पुनर्गठन भएको छोटो समयमै पूर्व अध्यक्ष गोपाल किरातीमा वैचारिक विचलन आएसँगै किरातीलाई कारबाही गर्दै तत्कालीन महासचिव कर्णजित बुढाथोकी सुशीलले नेतृत्व सम्हाले । कर्णजितले नेतृत्व सम्हालेसँगै किरातीको नेतृत्वकालमा सुसुप्त रहेका माओवादी केन्द्रका सम्पूर्ण जनवर्गीय संगठनहरु तिव्र गतिमा चलायमान हुँदै सातै प्रदेशमा व्यापक रुपमा संगठन विस्तार, पार्टी एकता र ध्रुवीकरणका अभियानमा जुटिरहेका छन् । यसै क्रममा वाईसीएल नेपालको दोस्रो राष्ट्रिय एकता भेला काठमाडौंमा सम्पन्न भएको हो ।
यसै क्रममा एकता भेलालाई संबोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिव अरुण घिसिङले विगतमा आफु पनि वाईसीएलको नेतृत्व सम्हालेर आएको स्मरण गर्दै अब बन्ने वाईसीएल प्रचण्डहरु जस्ता लाल गद्दारहरुले गठन गरेको जस्तो वाईसीएल नबनोस र बन्ने वाला पनि छैन भन्नेमा आफु ढुक्क रहेको बताउँनु भयो । दोस्रो राष्ट्रिय एकता भेलालाई संबोधन गर्दै घिसिङले अब बन्ने वाईसीएलले वास्तविक झुप्रा छाप्राका, श्रमजीवी मजदुर वर्गका पिरमर्का बुझ्दै तिनै वास्तविक शोसित उत्पीडित वर्गको मुक्तिका खातिर सिपाहीका रुपमा काम गर्न सक्ने वाईसीएल बनोस ताकि जनताका लागि गरिएका उदाहरणीय कामहरुले गर्दा अब बन्ने वाईसीएल हरेक नेपाली जनताको मन, मुटु र मस्तिष्कमा बस्न सफल बनोस ।
संबोधनकै क्रममा घिसिङले भावी दिनमा वाईसीएल नेपालले महान जनयुद्ध र १९ दिने जन आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै क्रान्तिका बाँकी कार्यभार पुरा गर्नमा सशक्त भूमिका खेल्ने आशा व्यक्त गर्दै जनयुद्ध र जन आन्दोलनका प्रतिक्रान्तकारीहरु र गद्दारहरुको दिवास्वप्न ध्वस्त पार्न वाईसीएल नेपाल सफल हुनेमा आफु विश्वष्त रहेको बताउनु भयो ।

216 Views

ताजा

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव

२०८१ माघ २६ गते, शनिबार

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव

२०८१ माघ २६ गते, शनिबार

यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

२०८१ माघ २६ गते, शनिबार

कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू

२०८१ माघ २६ गते, शनिबार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

२०८१ माघ २६ गते, शनिबार

गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )

२०८१ माघ २६ गते, शनिबार

आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व

२०८१ माघ २६ गते, शनिबार

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)

२०८१ माघ १६ गते, बुधबार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal