काभ्रेमा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने
बनेपा, । कोभिड–१९ को महामारीका बेलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारी र सुरक्षाकर्मीहरुलाई काभ्रेपलाञ्चोकमा पनि आजदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार कोरोनाविरुद्धको खोप बुधबार जिल्लामा आई पुगेसँगै खोप लगाउने तयारीको लागि आवश्यक जनशक्तिसहित खोप लिने व्यक्तिको नामावलीसमेत तयारी गरिसकेको छ ।
जिल्लाको धुलिखेल अस्पताल धुलिखेल र मेथिनकोट अस्पताल नमोबुद्ध नगरपालिका नौबिसेबाट गरी दुई ठाउँबाट खोप लगाउने अभियान शुरु गर्ने तयारी भइरहेको कार्यालयका प्रमुख डाक्टर झाले बताउनुभयो ।
उहाँका अनुसार भौगोलिक हिसाबले दुई ठाउँमा केन्द्र बनाई मेथिनकोट अस्पतालबाट नमोबुद्ध नगरपालिका, तेमाल, रोशी, महाभारत गाउँपालिका र धुलिखेल, बनेपा, पाँचखाल, मण्डनदेउपुर र पनौती नगरपालिका तथा भुम्लु, चौरीदेउराली, बेथानचोक र खानीखोला गाउँपालिकालाई धुलिखेल अस्पतालबाट खोप प्रदान गरिने छ ।
तीन हजार ५८१ लाई पहिलो चरणमा लगाउने खोपको लागि धुलिखेल अस्पतालमा करिब दुई हजार ८०० लाई र बाँकी मेनिथकोट अस्पतालबाट लगाउने गरी तयारी गरिएको छ ।
“स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाबाट हामीकहाँ बुधबार ३९० भाइल प्राप्त भएको छ ।” उहाँले भन्नुभयो, “ आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट काठमाडौँमा उद्घाटन गर्नुभएसँगै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालमा पनि खोप लगाउने काम शुरु गर्नेछौँ ।”
एक भाइलमा दश डोज हुने र प्राप्त भाइलबाट तीन हजार ९०० लाई लगाउन सकिने स्वास्थ्य कार्यालय प्रमुख झाले बताउनुभयो ।
मेथिनकोट अस्पतालमा भने बिहीबारदेखि शुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । “पहिलो चरणमा यो खोप अग्रपङ्क्तिमा काम गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थानमा खटिएका सुरक्षाकर्मी, नगरपालिकाको सरसफाइमा काम गर्ने कर्मचारी तथा महिला स्वयंसेविकालाई प्रदान गर्नेछौँ”, उहाँले भन्नुभयो । त्यसरी खोप प्राप्त गर्नेमा करीब तीन हजार ६०० रहेको कार्यालयले जनाएको छ । अरु खोपजस्तै गरी लगाउने भएता पनि विशेष परिस्थिति भएको हुनाले त्यसको लागि स्वास्थ्यकर्मीलाई खोप लगाउने तालीम दिइसकेको उहाँले बताउनुभयो ।
खोपको लागि ५४ स्वास्थ्यकर्मी खटाइनेमा ३४ ले खोप लगाउने र २० लाई खोपबाट हुनसक्ने कुनै असर भएमा थप उपचार व्यवस्थापनको लागि स्वास्थ्यकर्मीसहितको टोली तयारी अवस्थामा रहने उहाँले बताउनुभयो । तीमध्ये धुलिखेल अस्पतालमा ४२ जनशक्ति र मेथिनकोटमा १२ जनशक्ति खटिने छन् । रासस
ताजा
कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा
२०८२ चैत्र ५ गते, बिहीबार
कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा
२०८२ चैत्र ५ गते, बिहीबार
अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने
२०८२ चैत्र ४ गते, बुधबार
पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत
२०८२ चैत्र ४ गते, बुधबार
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक
२०८२ चैत्र ४ गते, बुधबार
जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने
२०८२ चैत्र ४ गते, बुधबार
शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल
२०८२ चैत्र ४ गते, बुधबार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना
२०८२ चैत्र २ गते, सोमबार
यी हुन् २०२६ का ओस्कार विजेता
२०८२ चैत्र २ गते, सोमबार
ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२०८२ चैत्र २ गते, सोमबार
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
२०८२ चैत्र १ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





