मेलीना राईको स्वरमा “धड्कि रहन्छ मुटुभरी” सार्वजनिक (भीडीओ सहित)
काठमाडौं । पछिल्लो समयकि चर्चित तथा ब्यस्त गायीका मेलीना राईको स्वरमा सजिएको “धड्कि रहन्छ मुटुभरी”बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ ।
गीतमा साहित्यकार कवि एबम पुर्ब सहरी मन्त्रालयका पुर्ब सचिव दिपेन्द्रनाथ शर्माको शब्द कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ । मर्मस्पर्शि शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ ।
त्यसैगरि भिडियोको छायाँकनमा बुद्व थापा सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन । भिडियोमा जातिय माया प्रेम दर्शाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई घृण्ती समाजबाट विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बानाएका छन् । अझै पनि नेपाली समाजमा अन्तर जातिय मायाको विरोधीहरु प्रष्टै भेटिन्छन् ।
युवापुस्ताको प्रेमभावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाई यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अपलोड गरिएको छ ।