दाहाल–नेपाल समूहद्वारा फेरि काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

२०७७ माघ १२ गते, सोमबार

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई नम्बर प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध ‘टाउकोमा हान्ने गरी’ फेरि शक्ति प्रदर्शन गर्ने बताएका हुन् ।
साथै उनले ओलीले गर्ने शक्ति प्रदर्शनलाई ‘पञ्चे र्‍याली’को संज्ञा दिए । माघ ९ गते आफूहरुले विशाल प्रदर्शन गरेपनि त्यसले प्रतिगमनलाई धक्का नदिएको भन्दै दाहालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको टाउकोमा हान्ने गरी २८ गते फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
‘हामीले जनताको पक्षमा, संविधानको पक्षमा, गणतन्त्रको पक्षमा विशाल सभा गरेर शक्ति प्रदर्शन गर्‍यौ’ प्रचण्डले भने, ‘तर ओलीले गर्ने शक्ति प्रदर्शन भनेको पञ्चे र्‍याली हो । आफ्नो शासन ढल्न लागेका बेला हिजो राजाले, तानाशाले गर्ने शक्ति प्रदर्शन जस्तै हो ।’

248 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal