पत्रकारले राष्ट्रिय हितमा बोल्नुपर्छः अध्यक्ष आचार्य
इलाम । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु रहेको बताएका छन् । पत्रकार महासङ्घ इलाम शाखाको १६औँ साधारणसभाको आज उद्घाटन सत्रमा अध्यक्ष आचार्यले पत्रकारको पहिलो दायित्व राष्ट्रियता, दोस्रो नागरिकको हित र तेस्रो आफ्नो पेशागत हकहितको लागि लड्ने विषय रहेको बताए । उनले लडेर ल्याएको प्रेस स्वतन्त्रतामाथि कुण्ठित हुन नदिन पत्रकार आफैं लाग्नुपर्ने बताए ।
प्रेसका लागि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले लोकतन्त्र बाहेक अन्य परिस्थितिमा प्रेस नरहने अध्यक्ष आचार्यको भनाइ थियो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले परिवर्तनका लागि निरन्तर खबरदारी गर्न प्रेसको महत्वपूर्ण भूमिका रहने बताए ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पत्रकारिता स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए । उनले प्रेसले गल्ती गरेमा समाजमा दुर्घटना हुने भन्दै सजग र सक्षम भएर पत्रकारिता गर्न सुझाव दिनुभयो । विश्वका ठूला लडाइ र युद्धमा प्रेसले निष्पक्ष सञ्चार सम्प्रेषण नगरिदा विचार बाझिएको उदाहरण प्रस्तुत गरे ।
महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अझै पनि पत्रकारले श्रम अनुसारको ज्याला नपाउने गरेको बताए । महासङ्घका अर्का उपाध्यक्ष दिलीप थापाले राज्यका महत्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका मुख्य रहने गरेको अवगत गराए । उनले विसं २०६२र६३ को जनआन्दोलनमा पनि प्रेसको सहयोग नभएको भए लोकतन्त्र ल्याउन सहज नभएको जिकिर गरे ।
महासङ्घका केन्द्रीय कोषाध्यक्ष राजेश बस्नेतले आवाज विहिनको आवाज बाहिर ल्याउन प्रेस सधैँ जागी रहने विश्वास व्यक्त गरे । पत्रकार महासङ्घ प्रेदश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकार सधैँ विधिको शासनको पक्षमा गरिनुपर्नेमा जोड दिए । कोरोनापछि प्रेस पनि बचाउन गाह्रो भएकाले तीनवटै तहका सरकारकले सहयोग आवश्यक परेको बताए । (रासस)
ताजा
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
२०८२ मंसिर २ गते, मंगलवार
व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं
२०८२ मंसिर १ गते, सोमबार
मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय
२०८२ मंसिर १ गते, सोमबार
मंसिर १८ बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै
२०८२ मंसिर १ गते, सोमबार
मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’
२०८२ मंसिर १ गते, सोमबार
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो
२०८२ मंसिर १ गते, सोमबार
नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी
२०८२ मंसिर १ गते, सोमबार
‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता
२०८२ मंसिर १ गते, सोमबार
आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै
२०८२ मंसिर १ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





