करको दर हैन दायरा बढाउँदै भरतपुर महानगर

२०७७ माघ १० गते, शनिबार

चितवन । भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो ।

भरतपुर महानगरपालिकाले हालसम्म रु २५ करोड ५० लाख राजस्व स्ङ्कलन गरेको छ । असार मसान्तसम्ममा रु ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ जसमा रजिष्टे«शन सेवा शुल्कसमेत छ । गत वर्ष यसै हाराहारीमा राजस्व सङ्कलन भएको थियो । महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर घरमा टोली परिचालन गर्न थालिएको बताउँछन् ।

महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व सङ्कलनलाई तीव्रता दिएको छ । अर्यालले भने, “हामीले स्थलगतरुपमा कर दाताको नवीकरण र राजस्व सङ्कलनसमेत गर्न थालेका छौँ ।” महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन् । यसलाई ८० प्रतिशतमा पु¥याउने लक्ष्यका साथ अभियान थालिएको छ ।

महानगरपालिकाको राजस्व परामर्श र सङ्कलन समितिका संयोजकसमेत रहेका उपप्रमुख पार्वती शाह ठकुरी हिजोआज हरेक हप्ता राजस्व सङ्कलनको विषयमा नियमित छलफल गरी सङ्कलनमा जोड दिएको बताउँछन् । टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उनको भनाइ छ । उनले भने, “यो वर्ष हामीले दर बढाएका छैनौँ दायरा बढाउने काममा लागि परेका छौँ ।” सबैलाई करको दायरामा आउन अनुरोध गर्दै उनले सबैले कर तिरेमा दर बढाउनु नपर्ने बताए । सरोकारवालाको परामर्शमा दर तय भएकाले राजस्व सङ्कलनमा सहयोग पु¥याउनुपर्ने उनको धारणा छ ।

महानगर प्रमुख रेनु दाहाल कोरोनाका कारण सङ्कलनमा केही कमी भए पनि सन्तोषजनक रहेको बताउँछन् । महानगरपालिकाले कर सङ्कलनलाई अभियानका रुपमा अघि बढाएको भन्दै उनले यसमा साथ र सहयोग गर्न निजी क्षेत्रसँग अनुरोध गरे । आन्तरिक आम्दानी बढाउन सकेमा महानगरको विकासमा थप सहयोग पुग्ने दाहालको भनाइ छ । आन्तरिक आम्दानी कम भए पनि महानगरपालिकाले सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा निरन्तर पहलकदमी गरेर ठूला आयोजना महानगर क्षेत्रमा पार्न सफल भएको दाहालले जानकारी दिए।

चालु आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व असूलीका लागि साना ठूला करदाताको सूचीकरण, वडामा स्थलगतरूपमा कर शिक्षा र स्थलगतरूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्थाजस्ता उपाय अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै लगिएको उनले जानकारी दिए । करदातामैत्री प्रणाली विकासमार्फत करको लक्ष्य हासिल गर्न सकिने दाहाल बताउँछन् ।

चालु आव २०७७र०७८ को लागि कूल राजस्व रु तीन अर्ब ३१ करोड ६४ लाख ८९ हजारमध्ये आन्तरिक स्रोततर्फ रु ९० करोड अनुमान गरिएको छ । उनका अनुसार उक्त आन्तरिक राजस्वका स्रोतका शीर्षकमा मुख्यरूपमा घर बहाल करतर्फ रु आठ करोड, नक्सा पास दस्तुरतर्फ रु सात करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ रु चार करोड, व्यवसाय दस्तुरतर्फ रु छ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ रु सात करोड, अन्य क्षेत्र आय रु ४० करोड, अन्य बिक्रीमा ढुङ्गा, गिट्टीलगायतका बिक्रीबाट जम्मा रु छ करोड ८० लाखसमेत गरी राजस्व प्रक्षेपण गरिएको छ ।

भरतपुर महानगपालिकाले पुस मसान्तभित्र राजस्व बुझाएमा २० प्रतिशत छुट दिएको थियो । विगतका वर्षहरूलाई हेर्दा यहाँ व्यवसाय कर पुसपछि तिरेको देखिन्छ भने सम्पत्ति कर पुस अगाडि बुझाएको पाइन्छ । पछिल्ला वर्षहरूमा निजी क्षेत्रको लगानी महानगरमा बढ्दै गएको छ । जसका कारण आन्तरिक आम्दानीसमेत बढ्ने देखिन्छ । स्थानीय तहले मुख्यरुपमा आम्दानी गर्नसक्ने प्राकृतिक स्रोतबापतको कर यहाँ कम हुने भएकाले राजस्व तुलनात्मक हिसाबले कम रहेको छ । (रासस)

250 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal