केपीलाई तह लगाउन सकिएनः दाहाल

२०७७ माघ ९ गते, शुक्रबार

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध समूहले आज काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको बताए।
‘हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौँ । प्रयास गरेका थियौँ’ उनले भने, ‘ कहिँ न कहिँ केपीको गलत प्रवृत्तिविरुद्ध सडकमा उत्रिनुपर्नेरहेछ । म तपाइँहरुका माझ आत्मआलोचित हुन चाहन्छु ।’
प्रचण्डले देशमा हिंसा, युद्ध कसैले नचाहेको बताउँदै केपी ओलीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम कोही कसैबाट हुन नहुने पनि बताए । उनले सर्वोच्च अदालतलाई पनि केपी ओलीको निरंकुशततालाई प्रोत्साहित गर्ने काम भयो भने शान्तिप्रक्रिया ‘डिरेल’ हुने पनि बताए ।
‘यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिन । तर केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने‘ फेरि युद्धमा जाने, हिंसाको कुरा पनि छैन,’ उनले भने, शान्तिपूर्णरुपमा यसैगरि लाखौं लाख जनता उरालेर निरंकुशता सच्याउनेमा मेरो निरन्नर प्रयास भइराख्छ ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal