काठमाडौंको नरेफाँटमा नेचर सुपर मार्केटको पहिलो शाखा खुल्ने

२०७७ माघ ४ गते, आईतवार

काठमाडौं । काठमाडौंको नरेफाँटमा ‘नेचर सुपर मार्केटको पहिलो शाखा खुल्ने भएको छ ।
आइतबार प्रा.लि.का अध्यक्ष जनक धामीले भूमि पूजा गरी शाखाको शिलान्यस गरेका छन् ।
गत कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा नरेफाँटमा शाखा खोल्न लागेको अध्यक्ष धामीले यस अनलाइनलाई बताए । फागुनको अन्तिम सातासम्म नरेफाँट शाखा सञ्चालनमा आइसक्ने समेत उनले बताए । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो ।


‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराइरहेको धामीले बताए । ‘नरेफाँट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पुर्याउनेछ,’ उनले भने ।
यस प्रा.लि.ले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होमडेलिभरी सेवा उपलब्ध गराइरहेको छ । २५०० रुपैयाँ भन्दा बढीको सामान खरिदमा निःशुल्क डेलिभरी सेवा प्रदान गरिरहेका छौं,’ धामीले भने । प्रा.लि.ले उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराइरहेको धामीले बताए । ‘नरेफाँट शाखाको उद्घाटन लगत्तै काठमाडौं उपत्यका भित्र अन्य ठाउँमा पनि सेवा विस्तार गरिनेछ,’ उनले भने ।

339 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal