पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु – केन्द्रीय सदस्य चन्द्र रिजाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चन्द्र रिजालले पार्टीले दिएको जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले राजनीतिबाट समाज परिवर्तन गर्ने समेत जनाएका छन् । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । उनलाई पर्यटन व्यवसायीले आज सम्मान गरेका छन् । पर्यटन व्यवसायी समेत रहेका ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का पूर्व अध्यक्ष रिजाललाई नेकपा समर्थक युवा पर्यटन व्यवसायीले सम्मानसँगै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
बधाई तथा सम्मानका लागि आयोजित कार्यक्रममा अधिकांश युवा पर्यटन व्यवसायीहरुले पार्टीले रिजाललाई केन्द्रीय सदस्य बनाउँदा पर्यटन व्यवसायीहरु अझै धेरै उत्साहित भएको धारणा राखे । कार्यक्रमका वक्ताहरुले पर्यटन क्षेत्रका नेतालाई पनि पार्टीले न्याय गरेकोमा खुशीयाली साटासाट गरे । उनीहरुले पार्टीको यो अभियानको प्रशंसा गर्दै पार्टीलाई मजबुत बनाउन सबै व्यवसायी लाग्ने प्रतिबद्धता समेत जनाए ।
रिजालले पर्यटन व्यवसायीले गरेको माया र सम्मानको लागि आभार व्यक्त गरे । रिजालले सबै व्यवसायीलाई एकताका साथ अघि बढ्न र पार्टीलाई थप उचाइमा लैजान पनि आग्रह गरे । विद्यार्थी राजनीतिबाट उदाउँदै पर्यटन व्यवसायमा समेत आफ्नो अलग्गै पहिचान बनाउन सफल रिजाल पार्टीभित्र कुशल र इमान्दार संगठक भनेर चिनिन्छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





