कोभिड–१९: निको भएको ६ महिनासम्म पनि लक्षण देखियो

२०७७ पुष २८ गते, मंगलवार

एजेन्सी । कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश बिरामीहरुमा अझै पनि थकान र सुत्नमा समस्याजस्ता लक्षणहरु देखिएको चीनमा गरिएको एक अध्ययनले देखाएको छ ।
चिनियाँ सहर वुहानमा १७ सयभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा कम्तिमा ७६ प्रतिशतमा अस्पतालबाट डिस्चार्ज भएको महिनौँ पछि पनि कम्तिमा एउटा लक्षण देखिएको उल्लेख छ ।
विश्वभर ९ करोडभन्दा बढीलाई संक्रमित बनाइसकेको कोभिड–१९ बाट निको भए पनि यसले दीर्घकालिनरुपमा मानिसको स्वास्थ्यमा असर पुर्याउने यस अध्ययनले देखाएको छ ।
शुक्रबार मेडिकल जर्नल द ल्यानसेटमा प्रकाशित यस अध्ययनमा संक्रमण पुष्टि भएको ६ महिनापछि पनि थकान र सुत्नमा समस्याको लक्षण सबैभन्दा धेरै, क्रमशः ६३ र २६ प्रतिशत, मा पाइएको बताइएको छ ।
कोभिड–१९ ले दीर्घकालिनरुपमा मानिस स्वास्थ्यमा असर पुर्याउने पाइएको छ । २३ प्रतिशतमा एङ्जाइटी र डिप्रेसनको समस्या पाइएको पनि उक्त अध्इयनमा उल्लेख छ । सिकिस्त बिरामी भएकाहरुको एक्स–रे गर्दा फोक्सोमा समस्या देखिएको अध्ययनकर्ताहरुले बताएका छन् ।
विश्वभरका वैज्ञानिकहरुले कोरोनाभाइरसले स्वास्थ्यमा पार्ने दीर्घकालिन असरको बारेमा अध्ययन गरिरहेका छन् । उनीहरुले यसलाई ‘लङ कोभिड’ को नाम दिएका छन् ।
सीएनएन

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal