न्याय खोज्दै सडकमा कांग्रेस

२०७७ पुष २६ गते, आईतवार

रमेश कुमार बोहरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीभित्र नै अप्ठेरो प¥यो भनेर सनकका भरमा संविधान मिच्दै प्रतिनिधिसभा भंग गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सडकमा गएको छ । कांग्रेसले माघ ८ गतेसम्मका लागि संघर्षको कार्यक्रम तय गरेको छ । उसले शनिबार ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गरेको थियो । माघ ३ गते स्थानीय तहमा र माघ ८ गते वडातहमा विरोधका कार्यक्रम हुँदैछन् ।
कांग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै केही दिनयतादेखि सडक प्रदर्शन गर्दै आएको छ । प्रतिनिधिसभा विघटनको मुद्या सर्वोच्च अदालतमा पुगिसकेकाले अदालतले गर्ने निर्णय पर्खने जनाउँदै आएको कांग्रेसले संघर्ष र दवावका कार्यक्रमलाई भने निरन्तरता नै दिएको छ । प्रधानमन्त्रीले संविधान मिचेको, देशलाई संकटतिर धकेलेको र आफ्नो स्वार्थका लागि मनखुशी गरेको भन्दै जनता पनि सडकमा आएका छन् । प्रधानमन्त्रीले भनें आफूले संविधानसम्मत ढंगले बाध्यात्मक निर्णय लिएको भन्दै आएका छन् । ओलीले पार्टीभित्रको विवाद मिलाउनुको साटो आफ्नो प्रधानमन्त्रीको पद अरुलाई दिनुभन्दा प्रतिनिधिसभा नै भंग गर्नेजस्तो कठोर निर्णय लिएका छन् । संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंगको अधिकार भएपनि त्यो प्रक्रियासम्म नपुगी गरिएको निर्णय असंवैधानिक रहेको छ । ओलीले पार्टीको अर्को पक्षलाई कुनै पनि हालतमा प्रधानमन्त्री नदिने भनेर गलत अडान लिएकाले प्रतिनिधिसभा विघटन गर्न पुगेका हुन् । संविधानको धारा ७८ को उपधारा (ग) मा प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री रहने छैन भनेर प्रष्ट व्यवस्था गरिएको भए पनि ओलीले त्यसलाई वेवास्ता गरेका छन् । उनी संवैधानिक रुपले कामचलाउ सरकार ह्ुनुपर्ने हो तर पूर्ण र बलियो सरकार भनेजस्तो गरी महत्वपूर्ण र दूरगामी प्रभाव पर्ने निर्णय गर्दै आएका छन् । उनले राष्ट्रपतिसमक्ष राजीनामा दिएर चुनावी सरकारको रुपमा आफूलाई परिणत गरेका भए निर्वाचन होला भन्ने आधार हुने थियो तर आफ्नो स्वार्थ र महत्वकांक्षा पूरा गर्न चालिएको यो कदम पक्कै पन जनहितमा छैन ।
आफूलाई पार्टीको बहुमत सांसदको समर्थन भएर पनि अल्पमतमा पारिएको र कुनै पनि प्रक्रियाले अर्को सरकार बन्न नसक्ने भएकाले चुनावमा जानु नै उपयुक्त विकल्प भएको ओलीको तर्क छ । ओलीप्रति उनकै पार्टीको अर्को गुटले पनि शंका गरेको छ । पहिलोपटक सरकार बनाउँदा केही गरेर र केही भनेर आफूलाई राष्ट्रवादी नेता बनाएको दाबी गर्ने उनी पछिल्लो समयमा भने पटकपटक विवादित बन्दै आएका छन् । सरकार सञ्चालन गरेको झण्डै ३ वर्ष पुग्दा उनले देश र जनताको हितमा भन्दा पनि आफ्नै गुटको र हुक्केचम्चेको फाइदाका लागिमात्र काम गर्दै आएका छन् । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा लाएर नथाकेका ओलीको गतिविधिले जनता वाक्कदिक्क भएका छन् । ओलीले निर्वाचनमा जान सबै राजनीतिक पार्टीलाई आग्रह गरे पनि असंवैधानिक निर्वाचनमा भाग नलिने दलहरुको अडान रहेको छ । ओली अहिले आएर सर्वोच्च अदालतलाई पनि प्रभावमा पारिरहेका छन् । सर्वोच्चले संविधानलाई टेकेर निर्णय गर्ने हो भने प्रतिनिधिसभा पुनस्र्थापना गर्नैपर्छ तर उसमाथि पनि कुनै राजनीतिक प्रभाव प¥यो भने विघटनलाई वैधता दिन पनि सक्छ, यसो भए फेरि पनि नागरिक सडकमा जान्छन् र सर्वोच्चको मान, सम्मान र गरिमामाथि नै प्रश्नचिन्ह खडा हुन जान्छ ।
नेकपा ओली गुटका कानुन व्यवसायीले पनि ओलीको कदम असंवैधानिक भएको भन्दै आए पनि ओली त्यसलाई सुन्ने पक्षमा छैनन् । उनले आफ्नो र आफूले नै बनाएकी राष्ट्रपतिको पद जोगाउन नै आवेशमा आएर यस्तो निर्णय गरेका हुन् । संसदको बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता हुने र राष्ट्रपतिमाथि पनि महाअभियोगको प्रस्ताव दर्ता हुने डरले पनि ओली अतालिएको सजिलै बुझ्न सकिन्छ ।

232 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal