केपी ओलीले गल्ती गरेको रहेछ भने जनताले दण्ड दिनेछन्ः प्रधानमन्त्री

२०७७ पुष २६ गते, आईतवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बन्न नसक्ने जुनसुकै अवस्थामा पनि संसद् विघटन गर्न सकिने र निर्वाचनमा जान सकिने व्यवस्था संविधानमा भएको बताउनुभएको छ ।
आज राष्ट्रिय सभाको बैठकलाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ‘सरकार बन्न नसक्ने अवस्था भए जुनसुकै बेला तत्काल निर्वाचनमा जान संविधानले नरोकेको बताउनुभयो ।
चुनाव हुँदा अस्थिरता नहुनेभन्दै प्रधानमन्त्री ओलीले अस्थिरता त विदेशीको इशारामा चल्दा र गोटी बन्दा हुने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिन्न बरु अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाह्य शक्तिहरूको इशारा र स्वार्थमा जब देशका शक्तिहरू गोटी बन्न थाल्छन् ।’
निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने र अप्ठ्यारोमा पार्ने प्रयासहरू भइरहेपछि आफू बाध्य भएर निर्वाचनमा जानु परेको प्रधानमन्त्रीको भनाई थियो ।
संवोधनका क्रममा प्रधानमन्त्री ओलीले कतिपय मानिसहरूलाई केपी ओलीले सर्लक्कै अर्कैलाई अध्यक्ष र प्रधानमन्त्री दिए र छोडेको भए भन्ने लागेको भन्दै प्रधानमन्त्री पद जसलाई र जहिल्यै दिन मिल्ने पद नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘किन छोड्ने ?, के प्रधानमन्त्रीको पद दान हो र ? कमन्डली थाप्ने बित्तिकै लौ भनेर दिने, यो मोहोर सिक्का हो र ? उहाँले थप्नुभयो, प्रधानमन्त्रीको जिम्मेवारी भनेको यो जनताले सुम्पिएको अभिभारा हो, जसलाई मनलाग्नी वित्तिकै र जुनसुकै विधिबाट सुम्पिन सकिँदैन ।’ निर्वाचनबाट आएको प्रधानमन्त्रीलाई बीचमै षडयन्त्र गर्ने प्रयास भएसँगै र सरकारका उपलबधीलाई ओझेलमा पार्न केही मान्छेहरू लागेपछि नयाँ जनदेशमा जानुपरेको प्रधानमन्त्रीको भनाई थियो ।
कतिपय मान्छेहरुको निर्वाचन भन्ने बित्तिकै खुट्टा कामेको भन्दै उहाँले जनताको बीचमा जान डराउनु पर्ने केही कुरा नभएको बताउनुभयो । ‘प्रभुका चरणमा जाने भनेको हैन, जनताको शरणमा जाने भनेको,किन आतिनु ।’ प्रधानमन्त्रीको भनाई थियो । केपी ओलीको लोकप्रियता जिरोमा गएको भन्नेहरूलाई उहाँले भन्नुभयो ‘जिरोमा गयो की माइनसमा गयो, या प्लसमा गयो निर्वाचनमा हेरौँ ।’ प्रधानमन्त्रीको भनाई थियो । गल्ती गरेको भए जनतामा गएर बताइदिन अनुरोध गर्दै उहाँले भन्नुभयो, केपी ओलीले गल्ती गरेको रहेछ भने जनताले नै दण्ड दिनेछन् ।

304 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal