५६ हजार वर्ष पछि ब्वाँसोको छाउरा फेला
टोरन्टो । उत्तरी क्यानडामा भेटिएको ब्वाँसोको छाउराको ममी अर्थात् परिरक्षित शरीर कम्तीमा ५६ हजार वर्ष पहिलाको भएको वैज्ञानिकहरूले बताएका छन् ।
यूकन क्षेत्रमा पर्ने डावसन नगरनजिकै दशौँ हजार वर्षदेखि जमिरहेको स्थानमा सुन उत्खनन गर्ने एक व्यक्तिले सन् २०१६ मा ब्वाँसोको पोथी बच्चाको उक्त ममी फेला पारेको बीबीसीले जनाएको छ ।
त्यसपछि स्थानीय ट्रोन्डेक ह्वेचइन समुदायका मानिसहरूले त्यसको नाम ज्हुर राखे। स्थानीय भाषामा ज्हुरको अर्थ ब्वाँसो हुन्छ ।
वैज्ञानिकहरूका अनुसार यो जानकारीमा भएकामध्ये ब्वाँसोको पूर्ण रूपमा परिरक्षित शरीरू हो । त्यसको छाला, रौँ र दाँत जस्ताको तस्तै छन् । ‘मुख्यतः तिनी शतप्रतिशत जस्ताको तस्तै छिन्, नभएको भनेको तिनका आँखा हुन्’, प्रमुख लेखिका तथा आयोवाको डेमोइन विश्वविद्यालयस्थित एनाटमी विषयकी प्राध्यापक जुली मिचेनले युरेकएलर्ट साइन्स न्यूज वेबसाइटलाई बताएकी छन् ।
विभिन्न विधिको प्रयोग गरी अध्ययन टोली ब्वाँसोको बच्चोको जीवन, त्यसको उमेर तथा मृत्यु निम्त्याएको सम्भावित खाना लगायतका पक्षबारे निर्क्योल गर्न सफल भएको छ ।
करेन्ट बायोलोजी नामक जर्नलमा सोमवार प्रकाशित अध्ययनका नतिजा अनुसार ब्वाँसोको बच्चो र त्यसको आमाले माछासहितका ‘समुद्री वस्तु’ खाएका थिए ।
ब्वाँसोको डीएनबाट प्राप्त डेटाको तुलना गरेर तथा त्यसको दाँतमा रहेको इनामेलको विश्लेषण गरेर अध्ययन टोलीले ब्वाँसोको त्यो बच्चो ५६,००० देखि ५७,००० हजार वर्षअघिको बीचमा बाँचेको र मरेको जनाएको छ ।
यूकन वा त्यसको छिमेकी अलास्का क्षेत्रमा तुलनात्मक रूपमा प्राचीन ब्वाँसाका जीवाशेष भेटिने गरे पनि ठूला स्तनधारी जनावरहरूको ममी पाउनु विरलै घटना भएको अध्ययनको निष्कर्ष छ । बिबीसी
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





