५६ हजार वर्ष पछि ब्वाँसोको छाउरा फेला

२०७७ पुष २१ गते, मंगलवार

टोरन्टो । उत्तरी क्यानडामा भेटिएको ब्वाँसोको छाउराको ममी अर्थात्‌ परिरक्षित शरीर कम्तीमा ५६ हजार वर्ष पहिलाको भएको वैज्ञानिकहरूले बताएका छन् ।
यूकन क्षेत्रमा पर्ने डावसन नगरनजिकै दशौँ हजार वर्षदेखि जमिरहेको स्थानमा सुन उत्खनन गर्ने एक व्यक्तिले सन् २०१६ मा ब्वाँसोको पोथी बच्चाको उक्त ममी फेला पारेको बीबीसीले जनाएको छ ।
त्यसपछि स्थानीय ट्रोन्डेक ह्वेचइन समुदायका मानिसहरूले त्यसको नाम ज्हुर राखे। स्थानीय भाषामा ज्हुरको अर्थ ब्वाँसो हुन्छ ।
वैज्ञानिकहरूका अनुसार यो जानकारीमा भएकामध्ये ब्वाँसोको पूर्ण रूपमा परिरक्षित शरीरू हो । त्यसको छाला, रौँ र दाँत जस्ताको तस्तै छन् । ‘मुख्यतः तिनी शतप्रतिशत जस्ताको तस्तै छिन्, नभएको भनेको तिनका आँखा हुन्’, प्रमुख लेखिका तथा आयोवाको डेमोइन विश्वविद्यालयस्थित एनाटमी विषयकी प्राध्यापक जुली मिचेनले युरेकएलर्ट साइन्स न्यूज वेबसाइटलाई बताएकी छन् ।
विभिन्न विधिको प्रयोग गरी अध्ययन टोली ब्वाँसोको बच्चोको जीवन, त्यसको उमेर तथा मृत्यु निम्त्याएको सम्भावित खाना लगायतका पक्षबारे निर्क्योल गर्न सफल भएको छ ।
करेन्ट बायोलोजी नामक जर्नलमा सोमवार प्रकाशित अध्ययनका नतिजा अनुसार ब्वाँसोको बच्चो र त्यसको आमाले माछासहितका ‘समुद्री वस्तु’ खाएका थिए ।
ब्वाँसोको डीएनबाट प्राप्त डेटाको तुलना गरेर तथा त्यसको दाँतमा रहेको इनामेलको विश्लेषण गरेर अध्ययन टोलीले ब्वाँसोको त्यो बच्चो ५६,००० देखि ५७,००० हजार वर्षअघिको बीचमा बाँचेको र मरेको जनाएको छ ।
यूकन वा त्यसको छिमेकी अलास्का क्षेत्रमा तुलनात्मक रूपमा प्राचीन ब्वाँसाका जीवाशेष भेटिने गरे पनि ठूला स्तनधारी जनावरहरूको ममी पाउनु विरलै घटना भएको अध्ययनको निष्कर्ष छ । बिबीसी

356 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal