ओली प्रधानमन्त्री रहन योग्य छैनन्ः पौडेल
२०७७ पुष १९ गते, आईतवार
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा रहन योग्य नरहेको बताएका छन् ।
शनिबार राति सामाजिक सञ्जालमा एक सन्देश सम्प्रेशण गर्दै पौडेलले केपी ओली नेपालको प्रधानमन्त्री रहन योग्य नरहेको बताएका हुन् । प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने केपी ओली तानाशाह प्रवृत्ति रहेको पनि पौडेलले बताएका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘प्रतिनिधिसभा लाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन्।’
231 Views