अब रावलहरुका दिन सकिएः मन्त्री आले
२०७७ पुष १८ गते, शनिबार
डोटी । आफूले जिम्मेवारी पाएको वन मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले बताएका छन् ।
गृहजिल्ला डोटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले भने, ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’
कार्यक्रममा मन्त्री आलेले नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलतर्फ संकेत गर्दै सुदूरपश्चिमको राजनीतिमा अब रावलहरुका दिन सकिएको समेत बताए ।
502 Views