न्यायको खोजीमा पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठको योगदान
काठमाडौँ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्नुभयो । सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा अन्य अतिथिले पनि श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचान दिलाउन लेखिएको ध्यानाकर्षण पत्र सञ्चारमन्त्री गुरुङलाई हस्तान्तरण पनि गर्नुभयो ।
ध्यानाकर्षण पत्रमा उल्लेख छ– ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आप्mनो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको हो । २००९ सालमा संघको दोस्रो सभाबाट पुनः श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाल कंग्रेसका पूर्व सभापति वृmष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ । यसले इतिहास मेट्ने कार्य भइरहेको छ ।’
सञ्चार मन्त्री गुरुङले पत्रकार महासंघको अध्यक्ष विवाद बारेमा आप्mनो ध्यानाकर्षण भएको बताउनुहुँदै सबै सरोकारवालासँग छलफल गरी यो विवादको टुङ्गो लगाउने प्रयास गर्नेछु, भन्नुभयो । ‘२००७ सालमा देशमा प्रजातन्त्र आयो । २००८ सालमा नै श्रेष्ठले पत्रकारहरुका संगठन गठन गर्नुभयो । यो उहाँको दुरदर्शीताको प्रमाण हो । यसका साथै २००७ सालमा प्रजातन्त्र आउनुमा पत्रकारहरुको भूमिका र योगदानबारे पनि थाहा पाउन सकिन्छ’ सञ्चार मन्त्री गुरुङले थप्नुभयो ।
नेवार पत्रकारहरुको संस्था नेवाः पत्रकार राष्ट्रिय दबूदारा आयोजित कार्यक्रममा अध्यक्ष सुरजवीर वज्राचार्यले यो न्यायको लडाई हो भन्दै यसका लागि आप्mनो संगठनले आवाज उठाइरहने जानकारी गराउनुभयो । अब यो विषयलाई कार्यान्वयनको पाटोमा लानेबारे आवश्यक छलफल गरी अगाडि बढ्न आवश्यक भइसकेको छ– उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले दस्तावेज, प्रमाणहरु जुट्न सकेको खण्डमा नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको योगदानको कदर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिहंले यो विषयबारे सत्यतथ्य सबैलाई थाहा भएपनि कसैले सम्बोधन गरिरहेको छैन, भन्नुभयो । उहाँका अनुसार देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले सत्यनारायण बहादुर श्रेष्ठको कार्य ओझेलमा पारिएको छ ।
यसैगरी, नेवाः पत्रकार राष्ट्रिय दबू, यलका कोषाध्यक्ष सुनील वज्राचार्यले धन्यवाद मन्तव्य दिनुभएको थियो ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





