सहकारीमा कार्यविधि निर्माण सम्बन्धी गण्डकी प्रदेश स्तरीय तालिम सम्पन्न
बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा सहकारीमा नीति तथा कार्यविधि निर्माण सम्बन्धी एक दिने गण्डकी प्रदेश स्तरीय तालिम आइतवार सम्पन्न भयो ।
सहकारी संघ संस्थालाई व्यवस्थित रुपमा सञ्चालनका लागि नीति तथा कार्यविधिको आवश्यकतालाई मध्यनजर गरी तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले सदस्य संस्थाहरुको सहजताका लागि नमुना कार्यविधिहरु निर्माणमा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेश स्तरीय कार्यक्रममा कर्जा कार्यविधिका बारेमा सहजीकरण गरिएको थियो ।
वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुको आम्दानीको मुख्य स्रोत कर्जा भएकाले कर्जालाई व्यवस्थापन गर्नका लागि आवश्यक कार्यविधिका विषयमा कार्यक्रम जानकारी गराइएको थियो ।
तालिमको शुरुवात गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुलाई विधिसम्मत सञ्चालनका लागि तालिम सहयोगी हुने धारणा राख्नु भएको थियो । उहाँले सहकारीहरुले सदस्यहरुलाई गर्ने कर्जा लगानी र असुलीका लागि कार्यविधिलाई प्रभावकारी बनाउन जरुरी रहेको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेश सहकारी विभागका अधिकृत सागर खनालले सहकारी संघ संस्थाहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि नीति विधिको आवश्यकता पर्ने र त्यसका लागि राष्ट्रिय सहकारी बैंकले तालिम राखेर निरन्तर सचेतना प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा बैंकका तालिम विभागका अधिकृतहरु सूर्य प्रसाद रिमाल र नारायण बेलबासेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गर्नु भएको थियो ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





