सहकारी संस्थाहरु सदस्यहरुको व्यावसकियतामा केन्द्रीत हुनु पर्छः जिसी

२०७७ पुष १४ गते, मंगलवार

साधना पन्त
बागलुङ । राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले सहकारीहरुले मुनाफा भन्दा सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १२ औं वार्षिक साधारणसभाको सोमबार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बजार क्षेत्रमा सञ्चालित कतिपय सहकारीहरु संस्थागत रुपमा मुनाफा आर्जनमा केन्द्रीत भएकाले सहकारीले आफ्नो मर्म र भावना अनुसार काम गर्न नसकेको उहाँको भनाइ थियो । सहकारीहरुले सदस्यलाई कति मुनाफा दिने भन्दा पनि कसरी व्यवसायिक बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन उहाँले आग्रह गर्नु भयो ।
सहकारी अभियानलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत गर्र्दै सहकारीमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्पष्ट योजना बनाएर अगाडि बढ्न सकेमा मात्रै उपलब्धी प्राप्त हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्माले सहकारी ऐनमा भएका विषयहरुलाई कार्यान्वयन गर्दै परिवर्तन गर्नु पर्ने विषयमा निरन्तर दवाव सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो । कोरोना महामारीका कारण सहकारीमा तरलता थुप्रिएको हुनाले अब सहकारीहरुले योजना बनाएर लगानी गर्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रमा जिल्ला सहकारी संघ बागलुङका सल्लाहाकार तोयानाथ गौतम, बहुउदेश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा कुवरले शुभकामना मान्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सचिव तेजेन्द्र थापाले प्रगती प्रतिवेदन, कोषाध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु)ले आर्थिक प्रतिवेदन र लेखा संयोजक रुद्रबहादुर केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।
आर्थिक वर्ष ०७६÷०७७ को अन्त्यसम्ममा संघमा ११ लाख ३६ हजार शेयर पूँजी, ३५ लाख ८२ हजार ८१ रुपैया निक्षेप, ४१ लाख ५० हजार कर्जा लगानी सहित संस्थाको कुल वासलात ५७ लाख ९१ हजार ६६ रुपैया रहेको संस्थाका कोषाध्यक्ष हुमा कुमारी जिसं (अञ्जु ) ले जानकारी दिनुभयो ।

221 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal