उत्पादक सहकारीहरुलाई राज्यले सहयोग गर्नुपर्छ

२०७७ पुष ९ गते, बिहीबार

बागलुङ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ ।
बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभाको मंगलबार बागलुङमा उद्घाटनपछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । बागलुङ दुग्ध उत्पादक सहकारी संघले १४ वटा दुग्ध उत्पादक सहकारीहरुमार्फत २ हजार जना किसानलाई प्रत्यक्ष उत्पादनमा लाएर आयआर्जन गराउन सफल भएको भन्दै उहाँले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले दिने सेवा सुविधामा ध्यान दिनु पर्ने उहाँको भनाइ थियो ।
उत्पादनका क्षेत्रमा लागेका सहकारीहरुलाई विशेष प्याकेज बनाएर उत्पादनमा थप क्रियाशिल बनाउन सके राज्यको भूमिका बढ्ने बताउनुभयो । राज्यले दिने सेवा सुविधाहरुमा छुट दिएर उत्पादनका क्षेत्रमा लागेका सहकारीलाई थप उत्साहित बनाउन सकेमा उत्पादन बढ्ने तथा रोजगारी वृद्धि हुने उहाँको भनाइ थियो ।
दूग्ध सहकारी बागलुङको एक नमुना सहकारी भएको बताउनु भयो । जिसीले युवाहरुलाई रोजगार सृजना गरेर देशमै केही गर्नका लागी दूग्ध सहकारीले सहयोग गरेको भन्दै आगामी दिनमा महिलाहरुलाई पनि अगाडी बढाउनका लागि अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा संस्थाबाट सेवा निवृत हुन लाग्नु भएका प्रवन्धक धरणीधर सापकोटालाई सम्मान गरी बिदाई गरिएको थियो । उहाँलाई संचयकोष र उपदानबाट ७ लाख ४५ हजार रुपैया प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी ( अन्जु ) ले हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव रामबहादुर हमालले प्रगती प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कंडेलले आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य गुणाखर कंडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागीको जिज्ञासालाई बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले सहजीकरण गर्नु भएको थियो । उहाँले दुग्ध सहकारीले दुग्ध सहकारीमा आवद्ध सबै किसानको मर्मअनुरुप काम गरेको र उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने तर्फ अगाडी बढेको बताउनु भयो । कार्यक्रममा सहभागीको तर्फबाट शुभकामना मन्तव्य गोविन्द शर्माले राख्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव रामबहादुर हमालको संचालनमा सम्पन्न भएको थियो ।
संस्थाले आर्थिक वर्ष ०७६।०७७ मा ४ करोड ७ लाख ३५ हजार पांच सय २७ को कारोबार गरेको थियो । संस्थाको शेयर पूँजी १ करोड ८९ लाख ७ हजार र स्थिर सम्पत्ति १ कारोड ४२ लाख ५४ हजार ११ रुपैया रहेको संस्थाका कोषाध्यक्ष डिलाराम कंडेलले जानकारी दिनुभयो ।

451 Views

ताजा

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

२०८० चैत्र २३ गते, शुक्रबार

मादकपदार्थको नशामा शैक्षिक सुदृढीकरणको रन्को

२०८० चैत्र २३ गते, शुक्रबार

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

२०८० चैत्र २३ गते, शुक्रबार

गीतकार तारा अधिकारीको ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

२०८० चैत्र २३ गते, शुक्रबार

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

२०८० चैत्र २३ गते, शुक्रबार

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२०८० चैत्र २२ गते, बिहीबार

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

२०८० चैत्र २२ गते, बिहीबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal