उत्पादक सहकारीहरुलाई राज्यले सहयोग गर्नुपर्छ

२०७७ पुष ९ गते, बिहीबार

बागलुङ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ ।
बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभाको मंगलबार बागलुङमा उद्घाटनपछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । बागलुङ दुग्ध उत्पादक सहकारी संघले १४ वटा दुग्ध उत्पादक सहकारीहरुमार्फत २ हजार जना किसानलाई प्रत्यक्ष उत्पादनमा लाएर आयआर्जन गराउन सफल भएको भन्दै उहाँले उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई राज्यले दिने सेवा सुविधामा ध्यान दिनु पर्ने उहाँको भनाइ थियो ।
उत्पादनका क्षेत्रमा लागेका सहकारीहरुलाई विशेष प्याकेज बनाएर उत्पादनमा थप क्रियाशिल बनाउन सके राज्यको भूमिका बढ्ने बताउनुभयो । राज्यले दिने सेवा सुविधाहरुमा छुट दिएर उत्पादनका क्षेत्रमा लागेका सहकारीलाई थप उत्साहित बनाउन सकेमा उत्पादन बढ्ने तथा रोजगारी वृद्धि हुने उहाँको भनाइ थियो ।
दूग्ध सहकारी बागलुङको एक नमुना सहकारी भएको बताउनु भयो । जिसीले युवाहरुलाई रोजगार सृजना गरेर देशमै केही गर्नका लागी दूग्ध सहकारीले सहयोग गरेको भन्दै आगामी दिनमा महिलाहरुलाई पनि अगाडी बढाउनका लागि अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा संस्थाबाट सेवा निवृत हुन लाग्नु भएका प्रवन्धक धरणीधर सापकोटालाई सम्मान गरी बिदाई गरिएको थियो । उहाँलाई संचयकोष र उपदानबाट ७ लाख ४५ हजार रुपैया प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जि.सी ( अन्जु ) ले हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव रामबहादुर हमालले प्रगती प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कंडेलले आर्थिक प्रतिवेदन, लेखा समिति सदस्य गुणाखर कंडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागीको जिज्ञासालाई बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले सहजीकरण गर्नु भएको थियो । उहाँले दुग्ध सहकारीले दुग्ध सहकारीमा आवद्ध सबै किसानको मर्मअनुरुप काम गरेको र उनीहरुलाई आर्थिक रुपमा सवल बनाउने तर्फ अगाडी बढेको बताउनु भयो । कार्यक्रममा सहभागीको तर्फबाट शुभकामना मन्तव्य गोविन्द शर्माले राख्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव रामबहादुर हमालको संचालनमा सम्पन्न भएको थियो ।
संस्थाले आर्थिक वर्ष ०७६।०७७ मा ४ करोड ७ लाख ३५ हजार पांच सय २७ को कारोबार गरेको थियो । संस्थाको शेयर पूँजी १ करोड ८९ लाख ७ हजार र स्थिर सम्पत्ति १ कारोड ४२ लाख ५४ हजार ११ रुपैया रहेको संस्थाका कोषाध्यक्ष डिलाराम कंडेलले जानकारी दिनुभयो ।

537 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal